birat ribon

संवैधानिक आयोगका पदाधिकारीको सपथ

Neuro
संवैधानिक आयोगका पदाधिकारीको सपथ

काठमाडौँ/राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराएकी छन् ।

Padelux insider
cura insider

बुधबार बिहान शितल निवासमा राष्ट्रपतिले नवनियुक्त पदाधिकारीहरुलाई सपथ गराएकी हुन् । पुस ३० गते बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायका रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो । लगत्तै माघ ५ गते प्रतिनिधिसभा विघटन भएपछि संवैधानिक व्यवस्थाअनुसार परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुको संसदीय सनुवाइ हुन सकेको थिएन । संसदीय सुनुवाइविना नै सबै पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

संसदीय सुनुवाइ विशेष समिति सङ्घीय संसदअन्तर्गतको संयुक्त समिति भएको र प्रतिनिधिसभा विघटन भएकाले सनुवाइ सम्भव नभएको भन्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नियुक्तिको सिफारिसपत्रलाई परिषद्मा नै फिर्ता पठाएका थिए । संविधानअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरिनुपर्ने थियो । यद्यपि संसदको संयुक्त बैठक र संयुक्त समितिको नियमावलीमा भने नियुक्ति सिफारिसको ४५ दिनसम्म निर्णय दिन नसकेको अवस्थामा स्वतः अनुमोदन भएको मानिने व्यवस्था छ ।

यसैबीच सुनुवाइविना नियुक्त गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मङ्गलबार सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका थिए ।

jackson ribon