birat ribon

अक्सफोर्ड खोपले कोभिडको रोगमात्र नभई सङ्क्रमण पनि रोक्छ

Neuro
अक्सफोर्ड खोपले कोभिडको रोगमात्र नभई सङ्क्रमण पनि रोक्छ

विराटनगर/अक्सफोर्ड आस्ट्राजेनेकाको कोभिडविरुद्धको खोपले कोभिडको गम्भीर रोगमात्र नभई सङ्क्रमण पनि रोक्ने अध्ययनले देखाएको छ ।

Padelux insider
cura insider

खोपको प्रयोगले कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा गिरावट आउनसक्ने वैज्ञानिकहरूले बताएका छन् । सङ्क्रमणलाई रोक्न सफल हुनु निकै महत्त्वपूर्ण मानिन्छ । खोपले केवल गम्भीर रोगबाट मात्र जोगाएर खोप लगाएका व्यक्तिले अझै भाइरस अरूलाई सारिरहन सक्छन् भने सबैजनाले खोप नलगाएसम्म पूर्ण सुरक्षा प्राप्त हुँदैन ।

त्यसैले, खोप लगाएपछि भाइरस नसर्न देखिएपछि यसले महामारीलाई नियन्त्रण गर्न सघाउन पुग्ने विश्वास गरिएको छ । अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनमा सहभागीहरूमा हरेक हप्ता भाइरस रहे-नरहेको परीक्षण गरिएको थियो ।

खोपको दुई मात्रा दिइएका व्यक्तिमा भाइरस देखिने तथ्याङ्क आधाले घटेको अध्ययनले देखाएको छ ।

उक्त तथ्याङ्कले खोपले सङ्क्रमण सर्ने दरलाई पनि घटाउन सकेको देखाएको थियो । उक्त खोपको एकै मात्राको प्रयोगले पनि कोभिडबाट राम्रो सुरक्षा प्रदान गरेको देखिएको छ । पहिलो मात्रा लिइसके पछिको तीन महिनासम्म खोप ७६ प्रतिशत प्रभावकारी रहेको र दुबै मात्रा लिनेहरूमा खोपको प्रभावकारिता ८२ प्रतिशत रहेको पाइएको छ ।

jackson ribon