birat ribon

कोरोना खोप लगाएकामा सामान्य स्वास्थ्य समस्या

Neuro
कोरोना खोप लगाएकामा सामान्य स्वास्थ्य समस्या

डोटी/कोरोना भाइरसविरुद्धको खोप लगाउने डोटीका ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा आठ सय ७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

cura insider

केही समयमात्रै सामान्य असर देखिएकाले उनीहरु सबै आ–आफ्नो नियमित काममा फर्किसकिएको बताइएको छ ।

पछिल्लो केही दिनदेखि अस्पतालमै आएर कोरोनाविरुद्धको खोप लगाउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति उत्साहजनक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप लागाउनेमा पुरुषभन्दा महिला स्वास्थ्यकर्मीको सङ्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी सूर्य विष्टले जानकारी दिए ।

उनका अनुसार खोप लागउनेमा महिला पाँच सय ३२ तथा पुरुष तीन सय ४५ रहेका छन् । गएको बुधबार अर्थात् यही १४ गतेदेखि सुरु भएको कोरोनाविरुद्धको खोप अभियानमा जिल्लाभरिबाट आउने स्वास्थ्यकर्मीलाई स्थानीय तहअनुसार पालैपालो खोप लगाउन सुरु गरिएको छ । खोप अभियान जिल्ला अस्पताल परिसरमा सञ्चालन भइरहेको छ ।

जिल्लामा जम्मा एक हजार छ सय २० डोज भ्याक्सिन आएको अस्पतालले जनाएको छ । सरकारले निर्धारण गरेको पहिलो चरणमा लगाइने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुन्लेस चालकलगायत जिल्लामा जम्मा एक हजार पाँच सय २६ जनालाई खोप लगाउने लक्ष्य लिइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । रासस

jackson ribon