birat ribon

पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Neuro
पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

विराटनगर । मुलुकका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज (बुधबार) हिमपातको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

हल्का हिमपातबाहेक मुलुकका विभिन्न स्थानको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । अहिले तराईका केही स्थानमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । हुस्सु लागेका केही स्थानमा मौसम सफा हुँदै गइरहेको पनि छ । हुस्सु फाटेर मौसम सफा हुँदै गएपछि कतिपय स्थानमा घाम पनि देख्न पाइएको छ ।

cura insider

यो समाचार तयार पर्दासम्म पहाडी भूभागमा आशिंक बदली भइ बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ । राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातकोसमेत सम्भावना छ।

jackson ribon