birat ribon

अमेरिकामा उल्टियो ट्रम्पको आप्रवासी नीति

Neuro
अमेरिकामा उल्टियो ट्रम्पको आप्रवासी नीति

विराटनगर । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको आप्रवासी सम्बन्धी नीतिलाई अमेरिकामा उल्टाइएको छ ।

Padelux insider
cura insider

नवनियुक्त राष्ट्रपति जो बाइडेनले ट्रम्पको नीतिलाई उल्टाइदिएका हुन् । बाइडेनले तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने क्रममा ट्रम्पको विभाजित र विवादित आप्रवासी नीतिलाई उल्टाएपछि अमेरिकासहित विश्वका विभिन्न मुलुकमा यसको चर्चा सुरु भएको छ ।

बाइडेनले आप्रवासी परिवारलाई पुनर्मिलन गर्ने र आप्रवासी एजेन्डाको समीक्षा गर्न पनि निर्देशन दिएका छन् । गैरकानुनी अध्यागमन रोक्नको लागि ट्रम्पको प्रशासनले अमेरिकाबाट मेक्सिकोको सीमा पार गर्ने बित्तिकै वयस्कहरुलाई बच्चाहरुबाट अलग गरेको थियो ।

बाइडेनको आदेशले परिवारबाट टाढिएका झण्डै छदेखि सात सय बच्चाहरुलाई पुनर्मिलनका लागि टास्क फोर्स खडा गर्ने बीबीसीले जनाएको छ । ट्रम्प प्रशासनले सन् २०१७।१८ मा कम्तीमा पाँच हजार पाँच सय बच्चाहरुलाई बयस्कबाट अलग्याएको थियो ।

jackson ribon