birat ribon

संवैधानिक नियुक्तिको शपथ आज

Neuro
संवैधानिक नियुक्तिको शपथ आज

विराटनगर । सरकारले संवैधानिक निकायमा नियुक्त गरेकाहरुको शपथ आज गराइँदै छ ।

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेकै अवस्थामा नियुक्तिको शपथ गराउन लागिएको हो । विभिन्न संवैधानिक निकायहरुमा नियुक्त भएकाहरुलाई आज (बुधबार) बिहान ९ बजेतिर राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइने छ ।

cura insider

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिको उपस्थितीमा शपथ ग्रहण गराउने तयारी भएको बताए । राष्ट्रपतिको उपस्थितिमा आयोगका अध्यक्षहरुमा सिफारिस भएकाहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सपथ ग्रहण गराउने छन् । आयोगका सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले सपथ गराउने छन् ।

विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूलाई शपथ ग्रहण गराउन लागिएको बताइएको छ । यस सम्बन्धी फायल सभामुख अग्नी सापकोटाले फिर्ता पठाइदिएपछि संवैधानिक निकायमा भएको नियुक्तिको विषय थप पेचिलो बनेर गएको छ ।

jackson ribon