birat ribon

ट्राफिक नियम उल्लंघनको जरिमाना अनलाइनबाटै बुझाउने व्यवस्था

Neuro
ट्राफिक नियम उल्लंघनको जरिमाना अनलाइनबाटै बुझाउने व्यवस्था

विराटनगर । नेपालमा सवारी साधन चलाउँदा भएको ट्राफिक नियम उल्लङ्घनका घटनामा अनलाइनबाटै जरिमाना भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

नियम उल्लंघन गरेवापत कारवाही गर्दा सवारी चालकले अब अनलाइनबाटै जरिमाना बुझाउनुपर्ने नियम बनाइएको हो । यसले सवारी चालकलाई सहज हुने अपेक्षा गरिएको छ । जसका कारण ट्राफिक कारवाही पनि सहज हुने बताइएको छ ।

cura insider

ट्राफिक नियम उल्लंघन गरेवापत सवारी चालकलाई कारवाही स्वरुप पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना लिने गरिएको छ । ट्राफिक प्रहरीले त्यो जरिमानावापतको रकम सिधै लिँदै आएकोमा अब अनलाइनबाटै बैङ्किङ् प्रणालीमार्फत भुक्तानी गर्न सकिने छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार यसअघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नु पर्थ्यो । अब यस्तो समस्याको हल हुने महाशाखाको विश्वास छ । महाशाखाले बुधबार (आज) अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दैछ । अनलाइन सेवा प्रारम्भ गरेपछि ट्राफिक करवाहीका क्रममा हुने अनियमितता र अपारदर्शीता पनि रोकिने विश्वास गरिएको छ ।

jackson ribon