birat ribon

विश्वमा चार लाखभन्दा धेरै कोरोना सङ्क्रमित थपिए

Neuro
विश्वमा चार लाखभन्दा धेरै कोरोना सङ्क्रमित थपिए

विराटनगर । विश्वभर पछिल्लो २४ घण्टामा चार लाख ४१ हजारभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । ‘वर्ल्डोमिटर’को तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ४१ हजार पाँच सय नौ सङ्क्रमित थपिएका हुन् ।

Padelux insider
cura insider

यससँगै विश्वभर कुल सङ्क्रमितको सङ्ख्या १० करोड ४३ लाख ७४ हजार तीन सय ३७ पुगेको छ । सोही समयमा १४ हजार चार सय ५७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसरी कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ लाख ६२ हजार चार पुगेको छ ।

अझै एक लाख छ हजार नौ सय ५५ जना गम्भीर अवस्थामा रहेको जनाइएको छ । यता, कोरोना जित्नेको सङ्ख्या सात करोड ६२ लाख ३० हजार आठ सय ३२ छ ।

jackson ribon