birat ribon

नौ खेलाडीमा सीमित आर्सनल वुल्भ्ससँग स्तब्ध

Neuro
नौ खेलाडीमा सीमित आर्सनल वुल्भ्ससँग स्तब्ध

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा वुल्भ्सले आर्सनललाई हराएको छ । मङ्गलबार राति वुल्भसले आफ्नो मैदानमा आर्सनललाई २–१ गोलले हराएको हो ।

Padelux insider
cura insider

मोलिनेक्स स्टेडियममा आर्सनलले सुरुआती अग्रता बनाएको थियो । खेलको ३२औं मिनेटमा निकोलास पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा आर्सनलका डेभिड लुइजले रातो कार्ड पाएपछि पाहुना टोली दस खेलाडीमा सीमित भयो । लगत्तै पेनाल्टीको मौका पाएको वुल्भस बराबरीमा फर्कियो । पेनाल्टीमा रुबेन नेभ्सले गोल गरेका थिए ।

खेलको ४९औं मिनेटमा जाओ मौटिन्होले गोल गर्दै वुल्भसलाई अग्रता दिलाए । ७२औं मिनेटमा बेर्न्ड लेनोले रातो कार्ड पाएपछि आर्सनल नौ खेलाडीमा सीमित भएको थियो । र, बाँकी समय गोल नहुँदा वुल्भ्स २–१ गोलले विजयी भयो ।

यससँगै १४औं स्थानको वुल्भसले २२ खेलमा २६ अङ्क जोडेको छ । आर्सनल भने ३१ अङ्कका साथ दसौं स्थानमा छ ।

jackson ribon