birat ribon

साउथह्याम्पटनको पोस्टमा युनाइटेडको नौ गोल

Neuro
साउथह्याम्पटनको पोस्टमा युनाइटेडको नौ गोल

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा सर्वाधिक धेरै पटकको विजेता म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनमाथि फराकिलो जित निकालेको छ । मङ्गलबार राति युनाइटेडले आफ्नै मैदानमा साउथह्याम्पटनमाथि ९–० गोलान्तरको फराकिलो जित दर्ता गराएको हो ।

Padelux insider
cura insider

ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन एन्थोनी मार्सियलले दुई गोल गर्दा आरोन वान–बिसाका, मार्कुस राष्फोर्ड, इडिन्सन काभानी, स्कट एमसीटोमिने, ब्रुनो फर्नान्डेस र डेनियल जेम्सेले समान एक–एक गोल गरे ।

Image

युनाइटेडले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । साउथह्याम्पटनका जेन बेडनरेकले आफ्नै पोस्टमा गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा नै एलेक्स जेन्कविट्जले रातो कार्ड पाएपछि साउथह्याम्पटन दस खेलाडीमा सीमित भएको थियो ।

युनाइटेडले पहिलो हाफमा चार गोल गरेको थियो भने दोस्रो हाफमा पाँच गोल थप्यो । ८६औं मिनेटमा बेडनरेकले रातो कार्ड पाएपछि पाहुना टोली नौ खेलाडीमा सीमित बनेको थियो ।

जितसँगै युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अङ्क बराबरी गरेको छ । दोस्रो स्थानको युनाइटेडले २२ खेलमा ४४ अङ्क जोडेको छ । सिटीसँग ४१ अङ्क छ । सिटीले २० खेल खेलेको छ ।

यता, साउथह्याम्पटन भने २९ अङ्कका साथ १२औं स्थानमा छ ।

jackson ribon