birat ribon

रोनाल्डोको दुई गोलमा युभेन्टसले इन्टरलाई हरायो

Neuro
रोनाल्डोको दुई गोलमा युभेन्टसले इन्टरलाई हरायो

विराटनगर । कोपा इटालियामा सर्वाधिक धेरै पटकको उपाधि विजेता युभेन्टसले इन्टर मिलानमाथि जित निकालेको छ । मङ्गलबार राति सेमिफाइनल खेलको पहिलो लेगमा युभेन्टसले इन्टरलाई २–१ गोलले हराएको हो ।

इन्टरको मैदान सान सिरोमा युभेन्टसलाई जिताउन क्रिस्टियानो रोनाल्डोले दुवै गोल गरे । इन्टरका लाउटारो मार्टिनेजले एक गोल गरे ।

cura insider

खेलको नवौं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाए । २६औं मिनेटमा युभेन्टसले पेनाल्टीको मौका पाएको थियो, जसमा रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई बराबरीमा फर्काए ।

खेलको ३५औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । र, बाँकी खेलमा गोल नहुँदा पहिलो लेगमा युभेन्टस विजयी भयो ।

अब दोस्रो लेगको खेल ९ फेब्रुअरीमा युभेन्टसको मैदानमा हुनेछ । दुवै लेगको विजेताले फाइनलमा स्थान बनाउनेछ ।

युभेन्टस सर्वाधिक धेरै १३ पटकको विजेता टोली हो भने इन्टर सात पटकको विजेता टोली हो ।

jackson ribon