birat ribon

पिएसजीसँग चार वर्ष सम्झौता थप्दै नेयमार

Neuro
पिएसजीसँग चार वर्ष सम्झौता थप्दै नेयमार

विराटनगर । ब्राजिलियन स्टार नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता थप्ने भएका छन् । पेरिस छोड्ने चर्चाका बीच नेयमारले पिएसजीसँग चार वर्ष सम्झौता थप्न लागेको फ्रेन्च मिडियाले जनाएका छन् ।

Padelux insider
cura insider

खबरका अनुसार नेयमार पिएसजीसँग सन् २०२५ सम्म सम्झौता थप्ने तयारीमा छन् । २८ वर्षीय नेयमार र पिएसजीबीचको सम्झौता जुन २०२२ मा सकिँदैछ ।

उनी अगस्ट २०१७ मा बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पिएसजी आएका हुन् । तर अधिकांश समय घाइते भइ पेरिसमा अपेक्षाअनुरुप प्रदर्शन गर्न नसकेका नेयमार पुनः बार्सिलोना फर्किने चर्चा थियो ।

यसै चर्चाका बीच नेयमारले पिएसजीसँग थप चार वर्षका लागि सम्झाैता लम्ब्याउने तयारी गरेकाे खबरमा जनाइएकाे छ ।

jackson ribon