birat ribon

फाइजरले कोरोना खोपबाट एक वर्षभित्र १४ अर्ब डलर कमाउने

Neuro
फाइजरले कोरोना खोपबाट एक वर्षभित्र १४ अर्ब डलर कमाउने

विराटनगर / फाइजर र बायोएनटेकले विकसित गरेको कोरोना भाइरसविरुद्धको खोपको बिक्रीबाट एक वर्षभित्र १४ अर्ब डलर कमाउने जानकारी दिएको छ । मङ्गलबार सो कम्पनीले सन् २०२१ मा १४ अर्ब डलरभन्दा बढी हुने जानकारी गराएको हो ।

Padelux insider
cura insider

हालसम्मको मागअनुसार खोपको विक्री भएमा चालु आर्थिक वर्षमा फाइजरले १४ अर्ब अमेरिकी डलर आम्दानी गर्ने कम्पनीले जनाएको छ । कम्पनीसँग अहिले पनि विभिन्न मुलुकहरूले खोपका लागि माग गर्ने क्रम जारी रहेको छ ।

फाइजरले चौथो त्रैमासिक र सन् २०२१ को लागि पूर्ण बार्षिक नाफाको पूर्वानुमान प्रतिवेदन जारीम गर्दै आगामी वर्ष आफ्नो आम्दानीमा निकै ठूलो प्रगति हुने बताएको छ ।

फाइजरले कोभिड–१९ खोपबाहेक सन् २०२१ मा ४४.४ अर्ब अमेरिकी डलरदेखि ४६.४ अर्ब अमेरिकी डलरको बीचमा आम्दानी गर्ने प्रक्षेपण पनि गरेको छ ।

jackson ribon