विराटनगर । विश्वकप विजेता मेसुट ओजिलले डेब्यू गरेको खेलमा टर्किस क्लब फनेरबाहसले जित निकालेको छ । मङ्गलबार राति सुपर लिगअन्तर्गत फेनेरबाहसले हाटायास्परमाथि २–१ गोलको जित निकालेको हो ।
खेलको २६औं मिनेटमा ममे थियामले गोल गर्दै फेनेरबाहसलाई अग्रता दिलाएका थिए । ८८औं मिनेटमा जिन–क्लाउडे बिलोङले आत्मघाती गोल गरेपछि फेनेरबाहसले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।
९०औं मिनेटमा आरोन बौपेन्ड्जाले गोल गर्दै हाटायास्परका लागि सान्त्वना गोल गरे ।
खेलको ७७औं मिनेटमा ओजिलले फेनेरबाहसबाट डेब्यू गरे । इङ्ग्लिस क्लब आर्सनलका पूर्वमिडफिल्डर ओजिल हालै मात्र फेनेरबाहसमा अनुबन्धित भएका हुन् ।
३२ वर्षीय ओजिलले सन् २०२४ को समरसम्मका लागि सम्झौता गरेका थिए । ओलिजले आर्सनलबाट दुई सय ५४ खेलबाट ४४ गोल तथा ७७ असिस्ट गरेका थिए ।