birat ribon

छोटो समय पनि फोन नचलाउँदा गाह्रो हुन्छ भने मन अशान्त भएको सङ्केत

Neuro
छोटो समय पनि फोन नचलाउँदा गाह्रो हुन्छ भने मन अशान्त भएको सङ्केत

विराटनगर । हामीमध्ये धेरैले कामको लागि दिनको एक ठूलो हिस्सा ल्यापटप र फोनमा खर्च गर्छौँ । तर विशेषरूपमा केही नगर्दा पनि फोन चलाउने, सामाजिक सञ्जालमा व्यस्त भइरहेको महसुस हुनसक्छ ।

धेरै व्यक्तिको फोनमा केही पनि नगर्नको लागि फोनमा धेरै समय खर्च गरिरहेको अनुभव गर्दैनन् । यदि फोनलाई दिनमा ३० मिनेटभन्दा लामो समयसम्म हातमा नराख्दा वा फोन नचलाउँदा गाह्रो अनुभव हुन्छ भने यो मन अशान्त भएको सङ्केत हुन सक्छ ।

cura insider

मोबाइल फोन र ग्याजेटहरूले हाम्रो जीवनलाई सजिलो बनाएको छ । तर हरेक समय फोनमा व्यस्त रहनु राम्रो सङ्केत होइन । कुनै खास काम नभए पनि प्रायः फोन चलाइराख्नु हुन्छ भने दिमाग शान्त छैन भन्ने सङ्केत गर्छ । आराम गर्न खोज्दा वा यत्तिकै बस्दा पनि फोन चलाइरहनु हुन्छ भने यो सङ्केत तनाव वा बर्नआउटको कारण हुन सक्छ ।

मन अशान्त हुनु विशेषगरी बच्चा र किशोर–किशोरीहरूमा सामान्य हुन्छ । अधिकांश मानिसले कुनै न कुनै समयमा यो अनुभव गरेका हुन्छन् र धेरैले यसलाई बेवास्ता गरिरहेका हुन्छन् । तर पटक–पटक बेवास्ता गरिँदा समय बित्दै जाँदा गम्भीर चिन्ता निम्त्याउन सक्छ र यसले दैनिक जीवनमा हस्तक्षेप गर्न सुरु गर्छ ।

मन अशान्त हुँदा धेरै लक्षणहरू देखिन सक्छन् । जो मानिसको मन अशान्त हुँदैन उनीहरू प्रायः काममा वा घरमा आराम गर्न कठिनाई भोग्ने गर्छन् । प्रायः शारीरिक र भावनात्मक दुवै तरिकाले असुविधा भइरहेको अनुभव हुनसक्छ ।

साथै, मन अशान्त भएको कारण रातको समयमा निदाउन गाह्रो हुने तथा खुट्टा वा हात ट्याप गर्ने बानी हुनसक्छ । मन शान्त नहुनु चिन्ता वा एन्जाइटी हुन सक्ने प्रमुख कारणमध्ये एक हो । भविष्यमा हुनसक्ने जटिलताबाट जोगिन सुरुमानै सकारात्कम कदम चाल्नु महत्त्वपूर्ण हुन्छ ।

मनलाई शान्त राख्नका लागि ध्यान गर्न, केही हब्बी बनाउन तथा श्वासप्रश्वासको व्यायाम गर्न सकिन्छ । धेरै प्रकारका सास फेर्ने व्यायाम तथा ध्यानले दिमागलाई शान्त पार्न मद्दत गर्छ । साथै केही समयको लागि आफ्नो मनपर्ने गतिविधिमा संलग्न हुँदा पनि दिमागलाई शान्त राख्छ ।

jackson ribon