birat ribon

कोरोनामुक्त हुँदै प्रशिक्षणमा फर्किए जिदान

Neuro
कोरोनामुक्त हुँदै प्रशिक्षणमा फर्किए जिदान

विराटनगर । रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदान कोरोना सङ्क्रमणमुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् । कोरोनाका कारण पछिल्ला दुई खेलमा अनुपस्थित रहेका जिदान कोरोनामक्त हुँदै प्रशिक्षणमा फर्किएका हुन् ।

Padelux insider
cura insider

फ्रेन्च कोचलाई २२ जनवरीमा कोरोना पुष्टि भएको थियो । त्यसयता उनका असिस्टेन्ट डेभिड बेट्टोनीले रियलको प्रशिक्षण सम्हाल्दै आएका थिए । तर, पछिल्लो कोरोना टेस्ट नेगेटिभ आएसँगै उनी प्रशिक्षणमा फर्किएका हुन् ।

उनले मङ्गलबारको प्रशिक्षणमा सहभागिता जनाएका थिए । रियलले शनिबार हुने हुएस्कासँगको खेलका लागि अभ्यासमा छ ।

jackson ribon