birat ribon

हालसम्म एक लाख २८ हजारले लगाए कोरोनाविरुद्धको खोप

Neuro
हालसम्म एक लाख २८ हजारले लगाए कोरोनाविरुद्धको खोप

विराटनगर । कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप सातौँ दिनसम्म एक लाख २८ हजारभन्दा धेरैले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार सोमबारसम्म एक लाख २८ हजार छ सय ५० व्यक्तिले लगाएका छन् ।

Padelux insider
cura insider

उनले प्रदेश नं १ मा १७ हजार दुई सय ८७, प्रदेश नं २ मा १६ हजार एक सय ७३, वाग्मती प्रदेशमा ४५ हजार तीन सय ४५, गण्डकी प्रदेशमा १६ हजार दुई सय ७० जना, लुम्बिनी प्रदेशमा १७ हजार नौ सय ७९, कर्णाली प्रदेशमा छ हजार छ सय ६० र सुदूरपश्चिम प्रदेशमा आठ हजार नौ सय ३६ जनालाई खोप दिइएको जानकारी दिए ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभरि एक सय ९१ खोपकेन्द्रबाट अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो ।

पहिलो चरणको खोप लगाउन अब तीन दिन मात्र बाँकी भएकोले सूचीकृत सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

jackson ribon