birat ribon

भारतले बाटो बनाउँदा खसेको पहिरोले दार्चुलामा महाकाली थुनिएको आशंका

Neuro
भारतले बाटो बनाउँदा खसेको पहिरोले दार्चुलामा महाकाली थुनिएको आशंका

दार्चुला । भारतले निर्माण गरिरहेको कैलाश मानसरोवर सडकका कारण माल्पा क्षेत्रमा फेरि पहिरो गएको छ । मङ्गलबार उक्त क्षेत्रमा पहिरो गएसँगै महाकाली नदी थुनिएको आशंका गरिएको छ ।

Padelux insider
cura insider

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले पहिरो गएको क्षेत्रमा अहिले भारतीय प्रशासनले ढुङ्गा माटो हटाउने कार्य गरिरहेको बताए । पहिरोको अवस्था बुझ्न प्रहरीचौकी दुम्लीङबाट टोली खटिएको दार्चुलाका निमित्त प्रहरी प्रमुख भास्कर चन्दले बताए ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी नगर्दै कञ्चनपुर जिल्ला प्रशासनले सीमा क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ ।

नदी थुनिएको र छेउछाउका बस्तीमा खतरा हुनसक्ने भन्दै सावधानी अपनाउन कञ्चनपुर प्रशासनले सम्बन्धीत सबैमा आग्रह गरेको हो ।

jackson ribon