birat ribon

काठमाडौँमा मेयर कप क्रिकेट हुने

Neuro
काठमाडौँमा मेयर कप क्रिकेट हुने

काठमाडौँ । चैत मसान्तभित्र प्रतियोगिता आयोजना सम्पन्न गर्ने गरी नेपाल क्रिकेट सङघ (क्यान) र काठमाडौँ महानगरपालिकाबीच मेयर कप–२०७७ गर्नका लागि मङ्गलबार सम्झौता भएको छ ।

Padelux insider
cura insider

काठमाडौंको सभागृहमा भएको कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा सम्झौता गरेका हुन् ।

सम्झौता अनुसार महानगरपालिकाले आयोजक क्यानलाई ५० लाख रुपैयाँ सहयोग गर्नेछ ।
सम्झौतापछि बोल्दै क्यानका अध्यक्ष चन्दले महानगरपालिकाको सहयोग सुरुआत भएको र यस्ता प्रतियोगिताले खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउन अभ्यास हुने बताए ।

सम्झौताअनुसार महानगरपालिकाले क्यानलाई पहिलो किस्ताअनुसार ६० प्रतिशत रकम उपलब्ध गराउनेछ भने प्रतियोगिता सम्पन्न भइसकेपछि ४० प्रतिशत उपलब्ध गराउनेछ । एक दिववसीय संरचनामा हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ ।

jackson ribon