birat ribon

अघिल्लो सरकारले नराखेपछि हामीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छौँः मन्त्री अर्याल

Neuro
अघिल्लो सरकारले नराखेपछि हामीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छौँः मन्त्री अर्याल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताएकी छन् । मङ्गलबार नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भएको नेपालमा व्यवसायिक कृषि विकासका सम्भावना र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

Padelux insider
cura insider

अघिल्ला सरकारको पालामा कृषि क्षेत्रलाई प्राथमिकतामा नराखिएको भएपनि यस सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन् । सरकारले कृषिको व्यवसायीकरण, औद्योगीकरण, यान्त्रीकरण र बजारीकरणलाई व्यवस्थित गर्नको निम्ति आवश्यक कानुन निर्माण गरेको उनको भनाइ छ ।

सरकारले नीति निर्माणको साथसाथै कार्यक्रम पनि अघि सारेको पनि उनले बताइन् । किसानलाई उत्साहित बनाउन विभिन्न नामका कृषिको परियोजना अघि सारेको तथा पशु क्षेत्रमा लागेका किसानहरूलाई उत्साहित बनाउन कृषि फर्महरूको सुरुआत भएको उनको भनाइ छ ।

मन्त्री अर्यालले कृषिको व्यवसायिकताको निम्ति जग्गामा हदबन्दी नलगाउने कानुन आफू भूमि मन्त्रालयमा हुँदा नै बनाएको पनि जानकारी दिइन् ।

jackson ribon