birat ribon

डाक्टर केसीको आसन्न सत्याग्रहको अन्तर्यमा डरमर्दो नियति

Neuro
डाक्टर केसीको आसन्न सत्याग्रहको अन्तर्यमा डरमर्दो नियति

मुलुक संसद् पुनःस्थापना कि ताजा जनादेश गरी दुई ध्रुुवमा ध्रुवीकृत हुँदै गएको बेला सत्याग्रही गोविन्द केसीले विज्ञप्ति प्रकासित गरी आफू संसद् पुनःस्थापनाका पक्षमा रहेको प्रष्ट पारेका छन् । तर कुरा यतिमा मात्र सीमित छैन । उनले विद्यमान राजनीतिक सङ्कटबाट देशलाई चाँडै बाहिर ल्याउन भन्दै २०७७ फागुन १२ गतेदेखि समय–सान्दर्भिक दुई मागहरूसहित २०औँ आमरण अनसन बस्ने घोषणासमेत गरेका छन् ।

‘प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेकोमा संविधानको रक्षा गरियोस्,’ भन्ने डाक्टर केसीको पहिलो माग छ । दोस्रोमा उनले भनेका छन्, ‘संवैधानिक निकायहरूमा विधि र प्रक्रिया मिचेर गरिएको नियुक्ति–सिफारिस तत्काल रद्द गरियोस् ।’ झट्ट हेर्दा डाक्टर केसीका यी दुवै माग पूरा हुन राज्यले खासगरी प्रधानमन्त्री खड्गप्रसाद ओलीले चाहने हो भने ‘दुई मिनेट’ पनि लाग्दैन । तर डाक्टर केसीलाई शत्रुसरह व्यवहार गर्न रुचाउने ओली किन चाहन्छन् त्यस्तो ? प्रश्न यो मोडमा आएर भने गम्भीर हुन पुगेको छ ।

cura insider

हरेक सचेत नागरिकले यतिबेला यो बहसमा भाग लिनैपर्ने भएको छ कि डाक्टर केसीको आमरण अनशन घोषणाको कता–कता के–के प्रभाव पर्छ ? र यसको परिणति के हुन्छ ?

दुनियाँलाई थाहा छ यसअघि चिकित्सा क्षेत्रको सुधारका लागि १९औँ सत्याग्रहमा बस्दा ओली नेतृत्वको सरकारले डाक्टर केसीप्रति कस्तो व्यवहार गर्‍यो ? सरकारी संयन्त्र प्रयो गरी डाक्टर केसीलाई घोक्क्र्याइ–मुन्ट्याइ गरेको मान्छेले बिर्सेका छैनन् ।

यस्तो जान्दाजान्दै डाक्टर केसी अनशन बस्नुको तुक के छ ? के यो सही समय हो सत्याग्रहका लागि ? के डाक्टर केसीले आफूलाई पुतलीको नियतिमा रूपान्तर गरिसकेका छन्, जो डढिन्छ, मरिन्छ भन्ने हेक्का हुँदाहुँदै आगोको छेउ खोज्दै जान्छ ? यी प्रश्नसहित डाक्टर केसी, खड्ग ओली र मुलुकको भविष्य अब के हुन्छ ? त्यो भविष्यकै गर्भमा छ । तर हरेक सचेत नागरिकले यतिबेला यो बहसमा भाग लिनैपर्ने भएको छ कि डाक्टर केसीको आमरण अनशन घोषणाको कता–कता के–के प्रभाव पर्छ ? र यसको परिणति के हुन्छ ?

देश अहिले राजनीतिक मात्र होइन, संवैधानिक सङ्कटमा परेको, लोकतान्त्रिक व्यवस्था जोखिममा परेको, संविधानको मर्म मारेर एक व्यक्ति सर्वेसर्वा हुने र राज्यका सबै संस्थाले उसको स्वार्थअनुसार काम गर्ने अधिनायकवादी व्यवस्था संस्थागत गर्ने प्रयास भइरहेको छ जस्ता जायज तर्क डाक्टर केसीले अघि सारेका छन् ।

केपी ओली देशको प्रधानमन्त्री रहेसम्म हाम्रो संविधानमात्र नभई सिङ्गो देशको स्वार्थ र सुरक्षासमेत खतरामा रहनेछ । अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर छ ।

आफू स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका पक्षमा निरन्तर लडिरहनेमा शङ्का नगर्न आग्रह गर्दै डाक्टर केसीले भनेका छन्, ‘तर अहिले देशमा जसरी एक व्यक्तिले सिङ्गो राज्य संयन्त्र कब्जा गर्ने कुटिल प्रपञ्च चलिरहेको छ, यो पूर्ण रूपमा सफल भयो भने भविष्यमा हामीले सुधार र सुशासनका लागि लड्ने धरातल नै बाँकी रहने छैन । केपी ओली देशको प्रधानमन्त्री रहेसम्म हाम्रो संविधानमात्र नभई सिङ्गो देशको स्वार्थ र सुरक्षासमेत खतरामा रहनेछ । अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर छ ।’

‘त्यसैले एक सचेत नागरिकका हैसियतले शान्तिपूर्ण रूपमा हस्तक्षेप गर्ने उपयुक्त समय यही हो,’ भन्दै डाक्टर केसीले तर्क गरेका छन्, ‘यो मौका हामीले गुमायौँ र देशमा अधिनायकवाद संस्थागत भयो भने हाम्रा सन्ततिले हामीलाई कहिल्यै माफी गर्ने छैनन् । न्यायालयको स्वतन्त्रता र न्यायिक सुशासनका लागि पनि हाम्रो सचेत प्रयास उत्तिकै आवश्यक छ ।’

संविधान विघटनको विषयमा सर्वाेच्च अदालतमा चलिरहेको न्यायिक प्रक्रिया नागरिकहरूको निगरानीमा रहेको उल्लेख गर्दै डाक्टर केसीले अगाडि भनेका छन्, ‘देशको सर्वाेच्च न्यायालयले संविधानको रक्षा गर्नेछ भन्ने सबै नागरिकको अपेक्षा छ ।’ बाँकी संवैधानिक निकायहरूको कार्य सम्पादनमा पनि नागरिक चासो र निगरानी आवश्यक रहेको जनाउँदै उनले अख्तियारलगायत संवैधानिक निकायलाई निष्पक्ष भई सबै भ्रष्टहरूमाथि छानबिन र कारवाही गर्न, कुनै व्यक्ति विशेषको प्रतिशोध साँध्ने हतियार नबन्न आग्रह गरेका छन् ।

डाक्टर केसीद्वारा घोषित अनशनको दोस्रो प्रभाव माघ ३२ गते प्रधानमन्त्रीले नारायणहिटी दरबारसामु गर्ने भनिएको शक्ति–प्रदर्शनमा पर्नेछ । आफैँ धामी आफैँ बोक्सी बनेर हुनलागेको शक्ति–प्रदर्शनमा प्रधानमन्त्रीले बोल्ने–उडाउने विषयमा अब डाक्टर केसी पनि थपिएका छन् ।

डाक्टर केसीले आफ्ना मागहरू पूरा गर्न सरकारलाई तीन साताको समय दिएका छन् । तर यो तीन साताको समयलाई सरकारले कसरी लिनेछ ? त्यो अवधिमा मुलुकमा के–के घटना हुनेछन् ? त्यो महत्त्पूर्ण हुनेछ । यद्यपि नेपाली सेनाले जनअधिकार खोसिएको दिन माघ १९ को कुसाइत पारेर बख्तरबन्द गाडीसहित चक्रपथमा परेड खेलेका भोलिपल्ट डाक्टर केसीद्वारा घोषित २०औँ आमरण अनशनको सम्भावित परिणामबारे जनस्तरबाट विभिन्न टीका–टिप्पणी र आँकलन सुरु भएको छ ।

धेरैले यो जटिल बेलासँग उनको ज्यानको माया मिसाएर अभिव्यक्ति दिने गरेका छन् । तर घटनाक्रमहरूले उनमा आफ्नो ज्यानको भन्दा पनि मुलुक र समाजको चिन्ता बढी रहेको देखाउँछ । त्यसबाहेक शरीर पातलो भए पनि उनको आत्मविश्वास–तह यति मोटो छ कि कम से कम उनी महिना दिन त्यसैको बलमा जीवित रहन सक्छन्, यद्यपि यसमा कुनै भविष्यवाणी गर्न सकिँदैन ।

यता डाक्टर केसीद्वारा घोषित अनशनको पहिलो प्रत्यक्ष प्रभाव जनतामा पर्नेछ । उनीहरू अन्ततः सत्याग्रहको पक्षमा एक ठाउँमा उभिनु नै पर्नेछ । दोस्रो प्रभाव माघ ३२ गते प्रधानमन्त्रीले नारायणहिटी दरबारसामु गर्ने भनिएको शक्ति–प्रदर्शनमा पर्नेछ । आफैँ धामी आफैँ बोक्सी बनेर हुनलागेको शक्ति–प्रदर्शनमा प्रधानमन्त्रीले बोल्ने–उडाउने विषयमा अब डाक्टर केसी पनि थपिएका छन् । सम्भवतः प्रधानमन्त्रीको भाषणको आधा समय डाक्टर केसीलाई गाली र उखान–टुक्का सुनाउँदै बित्नेछ ।

डाक्टर केसीको अनशन घोषणाको तेस्रो प्रत्यक्ष प्रभाव सर्वोच्च अदालतमा पर्नेछ, जो मूलकर्मभन्दा बढी मान्छेले ‘अदालतको मानहानी किन गरेका होलान् ?’ भन्ने कारण खोज्नतिर अल्मलिएर समय व्यतीत गरिरहेको छ । बाँकी विगतजस्तै मुलुुकको हरेक क्षेत्रमा सत्याग्रहको प्रभाव पर्नेछ ।

यस्तो पृष्ठभूमिमा मानौँ संसद् पुनःस्थापना पनि भएन, प्रधानमन्त्री खड्गप्रसाद ओलीले राज्य–शक्तिको दोहन गरी ‘पेलेर’ एक्लै अघि बढ्ने नीति लिए जसका कारण २०औँ सत्याग्रहका क्रममा कथम्कदाचित डाक्टर केसीको मृत्यु भयो भने के हुन्छ ? यति बेला हामी यस्तो डरमर्दो परिस्थितिको कल्पना गर्न चाहँदैनौँ । सम्भवतः त्यस परिस्थितिका लागि कोही नेपाली तयार छैनन् ।

jackson ribon