birat ribon

ताप्लेजुङमा आगलागीबाट चार घर जले, पीडित परिवार पालको भरमा

Neuro
ताप्लेजुङमा आगलागीबाट चार घर जले, पीडित परिवार पालको भरमा

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनाममा आगलागीबाट चार घर जलेका छन् । मङ्गलबार दिउँसो भएको आगलागीबाट सिनामको पञ्चमी बजार नजिकैका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीका घर जलेर नष्ट भएका हुन् ।

Padelux insider
cura insider

घरमा रहेको पाँच वर्षीय बालकले आगो सल्काउने लाइटर खेलाउने क्रममा आगलागी भएको भनिए छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको छ ।

पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् । आगलागीबाट भएको क्षतिको एकिन विवरण भने आइनसकेको जनाइएको छ । रासस

jackson ribon