birat ribon

गर्भावस्थाको मधुमेहले जोखिम बढाउने

Neuro
गर्भावस्थाको मधुमेहले जोखिम बढाउने

विराटनगर / गर्भावस्थामा हुने मधुमेहले हृदयरोगको जोखिम बढाउन सक्ने अध्ययनले देखाएको छ ।

Padelux insider
cura insider

जर्नल अफ द अमेरिकन हार्ट एसोसिएसन नामक सर्कुलेसनमा प्रकाशित अध्ययनअनुसार गर्भावस्थामा मधुमेहको इतिहास भएको गर्भवती महिला (गेस्टाटिनल डाइबिटिज)मा हृदय रोग हुने सम्भावना दुई गुणा बढी हुन्छ । गेस्टाटिनल डाइबिटिज भएर रगतमा चिनीको मात्रा नियन्त्रण भएको वर्षौंपछि समेत महिलाको मुटुको धमनीमा क्याल्सियमको विकास हुनथाल्छ जुन हृदय रोगको विकास हुने पर्वसङू्केत हो ।

क्यालिफोर्नियामा कैसर परमेन्टेका सहलेखक एरिका पी. गडसनले गर्भावस्थामा मधुमेहको इतिहास भएका महिलामा हृदय धमनी क्याल्सिकेसनको खतरा बढी रहेको बताएकी हुन् । टोलीले टाइप १ वा टाइप २ मधुमेह नभएका करिब एक हजारभन्दा बढी महिलालाई २५ वर्षसम्म अध्ययन गरेको थियो र यस अवधिमा उनीहरूले कम्तिमा एक पटक बच्चा जन्माएका थिए ।

गर्भावस्थापछि पाँच वर्षको अन्तरालमा मधुमेह भएको वा हुने सम्भावना भएको थाहा पाउन रगत परीक्षण गरिएको थियो । साथै, उनीहरूको मुटु स्क्यान गरेर कोरोनरी धमनी क्याल्सियम मापन गरिएको थियो । २५ बर्र्से अनुगमनमा, सहभागीको औसत आयु ४८ वर्ष थियो जसमध्ये १२ प्रतिशत महिलामा गर्भावस्थाको समयमा मधुमेहको समस्या देखिएको थियो ।

गर्भावस्थामा मधुमेहको इतिहास भएका महिलाहरूलाई समय बितेपछि पनि मधुमेह भएमा वा नभएमा पनि कोरोनरी धमनी क्याल्सिकेसनको जोखिम दुई गुणा बढी हुने अध्ययनले पत्ता लगाएको हो । गर्भावस्थामा मधुमेह भएका ३६ प्रतिशत महिलामा मधुमेह विकास गर्ने जोखिम रहेको र २६ प्रतिशतमा पछि गएर टाइप २ मधुमेह देखा परेको अनुसन्धानकर्ताले बताएका छन् ।

jackson ribon