birat ribon

डाक्टर केसीको २०औँ आमरण अनशन घोषणा

Neuro
डाक्टर केसीको २०औँ आमरण अनशन घोषणा

काठमाडौँ / डाक्टर गोविन्द केसी फेरि आमरण अनशन बस्ने भएका छन् । आगामी फागुन १२ गतेदेखि आमरण अनशन बस्ने उनले जनाएका छन् ।

Padelux insider
cura insider

मुलुकमा नागरिकका लोकतान्त्रिक अधिकार हरण हुन लागेको भन्दै त्यसको रक्षाका लागि आफू सत्याग्रहमा बस्न लागेको उनले जनाएका छन् । डाक्टर केसीको यो बीसौँ आमरण अनशन हो ।

उनले दुईबुँदे माग अघि सार्दै सत्याग्रह घोषणा गरेका हुन् । ‘प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेकोमा संविधानको रक्षा गरियोस् र विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक नियुुक्तिका सिफारिस तत्काल रद्द गरियोस्,’ डाक्टर केसीले हिजो जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

यसअघि स्वास्थ्य क्षेत्रका समस्यालाई लिएर आमरण अनशन बस्दै आए डा. केसी यसपटक भने भिन्न माग राखेर अनशनमा उत्रिएका छन् ।

jackson ribon