विराटनगर । कोपा इटालियामा आज सर्वाधिक धेरै पटकको उपाधि विजेता युभेन्टसले इन्टर मिलानको सामना गर्दैछ ।
नेपाली समयानुसार राति १ः४५ बजे हुने यो खेल इन्टरको मैदान सान सिरोमा हुनेछ ।
यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छन् । सेमिफाइनलमा दुई लेगको खेल हुनेछ । दुवै लेगको विजेता फाइनलमा स्थान बनाउनेछ ।
युभेन्टस सर्वाधिक धेरै १३ पटकको विजेता टोली हो भने इन्टर सात पटकको विजेता टोली हो ।
यसअघि यी दुईले १८ जनवरीमा प्रतिस्पर्धा गरेका थिए । सान सिरोमा इन्टरले युभेन्टसलाई २-० गोलले हराएकाे थियो ।