birat ribon

आज कोरोनाबाट थप एक जनाको मृत्यु

Neuro
आज कोरोनाबाट थप एक जनाको मृत्यु

विराटनगर । देशभर मङ्गलबार थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थप एक जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ३० पुगेको छ ।

Padelux insider
cura insider

यस्तै आज थप एक सय ७१ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार दुई सय ८९ पुगेको छ ।

नेपालमा आज थप दुई सय ५९ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६६ हजार आठ सय ५९ पुगेको छ ।

हाल दुई हजार चार सय जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

jackson ribon