birat ribon

आफूमाथि कुटपिट भएको भन्दै सुष्मा कार्कीद्वारा प्रहरीमा उजुरी

Neuro
आफूमाथि कुटपिट भएको भन्दै सुष्मा कार्कीद्वारा प्रहरीमा उजुरी

विराटनगर/अभिनेत्री सुष्मा कार्कीले आफूमाथि गालीगलौज र कुटपिट गरेको भन्दै अभिनेत्री श्वेता खड्काकी सहोदर बहिनी आरती खड्का र सञ्चारकर्मी उत्सव रसाइलीविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।

Padelux insider
cura insider

उनले मङ्गलबार बिहान उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् । सोमबार राती (हिजो) अनिता बास्तोलाको एनिभर्सरी सेलिब्रेट गर्न लन्डन पबमा श्वेता, उनका श्रीमान् विजयन्द्र सिंह रावत, आरती र उत्सव पुगेका थिए । सोही क्याफेमा सुष्मा पनि साथीहरुसँग पुगेकी थिइन् ।

सुष्माले सामान्य कुराकानी हुँदै गर्दा आफूमाथि आरतीले कुटपिट गरेको उजुरी दिएकी छ्न । आफूमाथि आरतीले कुटपिट गरेको र उत्सवले गाली गलौज गरेको उजुरीमा उल्लेख छ । उनले क्याफेमा भएको झगडाको भिडियोसमेत प्रहरीमा बुझाएकी छन् ।

jackson ribon