काठमाडौँ / राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्गजाको वालिङ नगरपालिकाले सहज जित निकालेको छ । मङ्गलबार भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३–० गोलले हराएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा वालिङलाई जिताउन मेथो रुथले दुई गोल गरिन् भने टोउटा ओर्नेलाले एक गोल गरिन् ।
जितसँगै वालिङले छ खेलमा आठ अङ्क जोडेको छ । चन्द्रपुरसँग भने तीन अङ्क छ ।