birat ribon

कोरोनापीडित सङ्घर्ष समिति आन्दोलित

Neuro
कोरोनापीडित सङ्घर्ष समिति आन्दोलित

काठमाडौँ/सहज ढङ्गले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कारोना महामारीबाट पीडित विभिन्न पेसा तथा व्यवसायीहरु सङ्घर्षमा उत्रिएका छन् ।

Padelux insider
cura insider

मङ्गलबार बालुवाटारमा सडक प्रदर्शन गर्दै कोरोना महामारीपीडित विभिन्न पेसा तथा व्यवसायीहरु सङ्गठित रुपमा सङ्घर्षमा उत्रिएका हुन् । लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारीसाधनको जाँचमा २६ सय प्रतिशतसम्म जरिवाना गरिएको प्रक्रिया पूरा गरेर पनि पर्यटकलाई एराइभल भिसा नखोलेको तथा निम्न मध्यम र मध्यम वर्गका व्यवसायीले पुर्नकर्जा र व्यवसाय निरन्तरताका लागि सहुलियत कर्जा नपाएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

मौद्रिक नीतिमा साना व्यवसायीलाई नसमेटिएको तथा बैङ्कको अन्याय अत्याचार बढेका कारण आन्दोलनमा आउनुपरेको नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष रामहरि शर्माले बताए ।

मौद्रिक नीति सबैमा समान प्रकारले लागू गर्नुपर्ने, अनावश्यक सरकारी कर र जरिवानाको अन्त्य गरी व्यवसायीलाई काम गरेर खाने वातावरण बनाइदिन माग गरिएको छ । मङ्गलबार र बुधबार शान्तिपूर्ण धर्ना गर्ने र माग पूरा नभए कडा रुपको आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।

jackson ribon