birat ribon

खोप लगाएपछि यी साइड इफेक्ट देखिए खोपले काम गरिरहेको बुझिने

Neuro
खोप लगाएपछि यी साइड इफेक्ट देखिए खोपले काम गरिरहेको बुझिने

विराटनगर/विश्वभर लाखौँ मानिसले खोप लगाइसकेका छन् । खोप लगाएका धेरैजसोमा साइड इफेक्ट देखापरिरहेको छ ।

Padelux insider
cura insider

कुनै पनि खोप लिएपछि साइड इफेक्ट हुनु सामान्य हो । खोप लगाएपछि प्रतिकूल प्रतिक्रियाहरू देखा पर्न सक्छ । खोप लगाएका अधिकांशमा साइड इफेक्ट हल्का वा मध्यम हुन्छन्, जुन दुईदेखि तीन दिनसम्म रहन्छ र सजिलै व्यवस्थित गर्न सकिन्छ । धेरैजसो साइड इफेक्टहरू प्रतिरोधात्मक प्रणालीको सङ्केत हुन् ।

कोभिड खोप लिएपछि देखिने साइड इफेक्ट शरीरले सम्भावित खतरा पहिचान गरेपछि शरीरमा हुने धेरै स्पाइक प्रोटिनहरूको विरूद्ध प्रतिरक्षा प्रणालीको प्राकृतिक प्रतिक्रिया हुन् । जसकारण धेरै चिन्तित हुनु पर्दैन । खोप लिएपछि भएको दुखाइ, पीडा भविष्यमा रोगविरुद्ध लड्नका लागि आफ्नो शरीरलाई प्रशिक्षण दिन भ्याक्सिनको सूचकमात्र हुन सक्छ ।

मांशपेसी तथा जोर्नीको दुखाइ अहिलेसम्म खोप डोज प्राप्त गरेका व्यक्तिहरूले अनुभव गर्ने सबैभन्दा सामान्य साइड इफेक्टहरूमध्ये एक हो । खोप दिएपछि कुनै पनि दुखाइ वा पीडा रोग प्रतिरोधात्मक प्रणालीले प्रतिक्रियामा प्रतिजीवी उत्पादन गरिरहेको छ भन्ने सूचक हो । धेरैजसो दुखाइ आफैँ निको हुन्छ भने केही दुखाइ कम गर्ने औषधिको सेवन गरेर पनि राहत पाउन सकिन्छ ।

टाउको दुखाइ पनि खोप लगाएकामा देखिने दोस्रो सबैभन्दा सामान्य लक्षणमध्ये एक हो । टाउको दुखाइ, शरीरको प्रणालीगत सुजन सिर्जना गरिरहेको छ भन्ने स्पष्ट सूचक हो । पहिलो डोज लिएपछि भन्दा पनि खोपको दोस्रो डोज लिने धेरैले टाउको दुखाइ भएको अनुभव गरेका छन् ।

कोभिडको खोप लगाएका लामो समयसम्म थकान भएको अनुभव गर्छन् । खोप लिएपछि थकानको अनुभव गर्नु पनि शरीरको भाइरसविरूद्ध संरक्षण प्रदान गरिरहेको छ भन्ने पनि हुन सक्छ । थकानका साथै काप्ने र सामान्य दुखाइ पनि हुन सक्छ । तर, कोभिडविरूद्ध खोप लगाएकाहरूले छालामा र्‍यास देखिएमा, सुन्निने समस्या भएमा, रक्तस्राव वा पटक–पटक बेहोड भएमा यी साइड इफेक्ट बेवास्ता गर्नु हुँदैन । र, तुरून्त मेडिकल सहायता लिने गर्नुपर्छ ।

jackson ribon