birat ribon

मेस्सीलाई प्रशिक्षण दिन पाउनु अहोभाग्य : पोचेटिनो

Neuro
मेस्सीलाई प्रशिक्षण दिन पाउनु अहोभाग्य : पोचेटिनो

विराटनगर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोले बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई प्रशिक्षण दिन पाउनु अहोभाग्य भएको बताएका छन् । पिएसजीले सर्वाधिक छ पटकका बालाेन डी’ओर विजेता मेस्सी अनुबन्ध गर्न चाहेको विषयमा प्रतिक्रिया दिँदै पोचेटिनाले यस्तो बताएका हुन् ।

Padelux insider
cura insider

केही समययता फ्रान्स लिग वान च्याम्पियन पिएसजीले मेस्सी अनुबन्ध गर्न चाहेको चर्चा छ । यसै चर्चाबीच अर्जेन्टिनी कोच पोचेटिनोले मेस्सीलाई प्रशिक्षण दिन पाउनु खुसीको कुरा भएको बताए ।

‘क्लबले आफूलाई सावित गर्न रणनीति बनाउनुपर्छ’, हालै पिएसजीको मुख्य प्रशिक्षकमा नियुक्त भएका पोचेटिनोले आरएमसी स्पोर्ट्ससँग कुरा गर्दै भने, ‘यदि मेस्सीलाई प्रशिक्षण दिने मौका आउँछ भने त्यो अहोभाग्य हो । त्यसो भएमा आश्चर्यजनक हुनेछ । तर, त्यस्तो मौका नआएमा पनि कुनै समस्या भने हुनेछैन ।’

‘मेस्सी र मैले अर्जेन्टिनी क्लब न्यूवेल्समा माया साटासाट गरेका थियौँ । हामी दुवैले त्यहाँको जर्सी लगाएका हौँ । हामीबीच सम्पर्क छ । तथापि, भविष्यमा के हुन्छ त्यो कुरा कसैलाई पनि थाहा हुँदैन’, उनले थपे ।

यसैगरी उनले मेस्सी पेरिस आएको खण्डमा पिएसजी अर्जेन्टिनीका कारण एक बलियो टोली हुने बताए । आफूसहित एन्जल डी मारिया र लियोनार्दो पेरेडेस अगाडि नै पिएसजीमा रहेका कारण मेस्सीले आगमनले टोली थप बलियो बन्ने उनको भनाइ छ ।

‘उनी यहाँ आएमा पिएसजी अर्जेन्टिनीले भरिपूर्ण मजबुत टोली बन्नेछ । त्यसबाहेक पूर्वसहकर्मी नेयमारसँग पनि उनको पुनर्मिलन हुनेछ । यस्तै नेयमार, किलियन एम्बाप्पे र मेस्सीले टोलीलाई थप अगाडि लैजानसक्छन् । यसमा कुनै शंका छैन’, उनले थपे ।

पोचेटिनोले पिएसजी मेस्सी अनुबन्धका लागि कडा मेहेनतका साथ लाग्नेमा आफू आशावादी भएको सुनाए ।

jackson ribon