birat ribon

मानव अतिक्रमणका कारण साँघुरिँदै सिमसार

Neuro
मानव अतिक्रमणका कारण साँघुरिँदै सिमसार

चितवन/सिमसार क्षेत्र साँघुरिँदै गएको पाइएको छ । जलवायु परिवर्तन, मानव अतिक्रमण र संरक्षणको अभावमा सिमसार क्षेत्र साँघुरिँदै गएको जानकारहरूको भनाइ छ ।

Padelux insider
cura insider

नेपालको राष्ट्रिय सिमसार नीति २०५९ अनुसार जमेको वा बगेको स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिमरूपमा बनेको दलदल क्षेत्र हो । त्यसमा धापलगायत नदीको बाँध क्षेत्र, ताल, पोखरी, जलाशय एवं धानबालीसमेत पर्छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वातावरण विज्ञानका उपप्राध्यापक अनन्तप्रकाश सुवेदी पछिल्ला दिनहरूमा सिमसार खुम्ँिचदै जानु मानव जातिका लागि हितकर नभएको बताउँछन् । ‘बढ्दो जनसङ्ख्या, खण्डीकृत हुँदै गएको जमीन र जलवायु परिवर्तन सिमसार मासिँदै जानुका मुख्य कारण हुन्,’ सुबेदीले भने ।

विश्वभर नै सिमसार क्षेत्र घट्दै गएकाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको विज्ञहरूको भनाइ छ । वन र वन्यजन्तुका लागि देशमै महत्त्वपूर्ण मानिएको चितवनमा सिमसार घटेको प्रभाव प्रस्टरुपमा देखिन थालेको सुवेदीले बताए । निकुञ्जबाट वन्यजन्तु बस्तीमा आउनु प्रमुख कारण सिमसार घट्नु रहेको सुबेदीले बताए ।

चितवन रााष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल वन र वन्यजन्तुको कल्पना सिमसारबिना गर्न नसकिने बताउँछन् । ठूला र दुर्लभ वन्यजन्तु पानी पिउने, आहाल खेल्ने मात्रै होइन, यही ओसिलोपनाले वनस्पति उम्रिएर आहार तयार हुन्छ । बरालको भनाइमा गैँडा, बाघ, हात्तीजस्ता जनावरका लागि सधैँ पानीको आवश्यकता पर्दछ भने गर्मी मौसममा आहाल र पौडीका लागि पानी नभई हुँदैन ।

निकुञ्जभित्रका तलाउहरुमा गेग्रान भरिँदै जानु, पातपतिङ्गर, जलकुम्भीजस्ता झारले ढाक्ने र पलाएका घाँस मरेर जाँदा तलाउ पुरिँदै गएका छन् । निकुञ्जले बर्सेनि त्यस्ता तलाउ सरसफाइ गर्ने गरेको भए पनि पर्याप्त हुन नसकेको भन्दै उनले क्रमशः सिमसार घट्दै जाँदा यसको प्रत्यक्ष प्रभाव वन्यजन्तुमा परेको बताए । बाढीपहिराले भत्काएर पनि सिमसार मासिएको उनको भनाइ छ ।

निकुञ्जको बाहिरी भागमा मानव अतिक्रमणका कारण ताल, खोलानाला प्रभावित हुने गरेका छन् । घोल खेत मासेर मानव बस्ती विस्तार हुँदै जाँदा पनि सिमसार खुम्ँिचदै गएको छ । निकुञ्ज र वन क्षेत्रमा सिमसार मासिँदै जाँदा वन्यजन्तु मानव बस्ती पस्ने समस्या बढेको छ ।

सिमसार क्षेत्र घोषणा र व्यवस्थापन मार्गदर्शन २०७५ ले २७ प्रतिशत चरा र ८५ प्रतिशत वनस्पतिका प्रजाति सिमसारमा आश्रित भएको उल्लेख गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रहेका हाल प्रदेश नं २ का वन सचिव रामचन्द्र कँडेल निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी र रिउ नदीमा पानीको स्रोत घट्दै जाँदा यसमा आश्रित वन्यजन्तु प्रभावित भएको बताउँछन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने नदीजन्य पदार्थको उत्खनन र प्रदूषणका कारण पनि सिमसार क्षेत्र प्रभावित भएको बताउँछन् । ‘जथाभावी गरिने नदीजन्य पदार्थको उत्खननले पानीको चक्रलाई नै बिगारेको छ,’ उनले भने ।

वन मन्त्रालयको वनस्पति विभागका उपसचिव मधु घिमिरे नेपालको कूल क्षेत्रफलमध्ये आठ लाख १९ हजार दुई सय ७७ हेक्टर सिमसारले ओगटेको बताउँछन् । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्त्व बोकेका सिमसार क्षेत्रहरू रहेको बताउँदै उनले नेपालले अन्तर्राष्ट्रिय महत्त्व भएका १० वटा सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गराई व्यवस्थापन गर्दै आइरहेको बताए । नेपालमा पाँच हजार तीन सय ५८ ताल, तीन हजार दुई सय ५२ हिमनदी, दुई हजार तीन सय २३ वटा हिमताल रहेको उनले जानकारी दिए ।

jackson ribon