birat ribon

दिल्लीका विशेषज्ञसहित विराट शिक्षण अस्पतालमा स्वास्थ्य शिविर सम्पन्न

Neuro
दिल्लीका विशेषज्ञसहित विराट शिक्षण अस्पतालमा स्वास्थ्य शिविर सम्पन्न

विराटनगर/विराट शिक्षण अस्पतालले फोर्टिस मेमोरियल अस्पताल दिल्लीसँगको सहकार्यमा एक दिने स्वास्थ्य शिविर आयोजना गरेको छ ।

Padelux insider
cura insider

विराट मेडिकल कलेज शिक्षण अस्पतालमा बिहीबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा फोर्टिस मेमोरियल अस्पताल दिल्लीका वरिष्ठ चिकित्सकहरुमार्फत उपचार तथा परामर्श सेवा दिइएको थियो ।

शिविरमा लाभ लिन आएका बिरामीलाई मुटु तथा मृगौलासम्बन्धी विभिन्न परामर्श साथै सोसम्बन्धी अन्य सेवा समेत उपलब्ध गराइएको थियो । प्रदेश एकको विभिन्न ठाउँबाट सेवाग्राही स्वास्थ्य सेवा लाभ लिन शिविरमा आएका थिए ।

विराट शिक्षण अस्पतालले कोरोना महामारीअघि प्रत्येक महिना कार्डियो र मृगौलाको स्वास्थ्य शिविर सञ्चालन गरिरहेको थियो । तर कोभिड महामारीका कारण शिविरलाई स्थगित गरिएको थियो । बिहीबार सम्पन्न एकदिने स्वास्थ्य शिविरसँगै विराट शिक्षण अस्पतालले स्वास्थ्य शिविरलाई पुनः सञ्चालनमा ल्याएको कार्डिक एन्ड नेफ्रो शिविरका संयोजक सुनिल देवले बताए ।

‘विराट शिक्षण अस्पताल मल्टी–डिस्प्लिनरी अस्पताल भए पनि मृगौला प्रत्यारोपण र मुटुसम्बन्धी सबैखाले उपचार अझै पनि अस्पतालमा सम्भव छैन’ संयोजक देवले भने, ‘त्यसैले बिरामी र सेवाग्राहीलाई सेवा प्रदान गर्न भारतबाट विशिष्ट विशेषज्ञ चिकित्सहरुलाई बोलाएर अस्पतालले शिविर सञ्चालन गर्ने गरिएको हो ।’

एक दिने स्वास्थ्य शिविरमा बिरामी र सेवाग्राहीलाई सेवा तथा सुझाव दिन फोर्टिस अस्पतालबाट परामर्शदाता एवम् अन्तक्र्रियात्मक मुटु रोग विशेषज्ञ रोहित गोयल र वरिष्ठ कन्सलटेन्ट नेफ्रोलोजिस्ट तथा ट्रान्सप्लान्ट फिजिसियन प्रथा कर्माकर उपस्थित भएका थिए ।

शिविरमा मुटुको प्रत्यारोपणका लागि सल्लाह र परामर्शसमेत प्रदान गरिएको थियो ।

शिविर संयोजक देवका अनुसार विराट शिक्षण अस्पतालबाट उपचारका लागि दिल्लीस्थित फोर्टिच अस्पताल गएमा बिरामीलाई विशेष छुटको व्यवस्थासमेत गरिएको छ । देव भन्छन्, ‘दुई अस्पतालबीच छुटसहितको सेवा सुविधाका लागि सम्झौता भएकाले यहाँबाट दिल्ली उपचारका लागि जानेलाई फोर्टिच अस्पतालले विशेष छुट प्रदान गर्छ ।’

प्रदेश एकका विभिन्न ठाउँबाट स्वास्थ्य शिविरमा सेवा लिन बिरामी तथा सेवाग्राहीहरु आएका थिए ।

jackson ribon