विराटनगर । इङ्ग्लिस क्लब लिभरपुलका फरवार्ड मिनामिनो साउथह्याम्पटनमा अनुबन्धित भएका छन् ।
साउथह्याम्पटनले जापानिज स्टार मिनामिनोलाई प्रतिद्वन्द्वी क्लब लिभरपुलबाट यसै सिजनको अन्त्यसम्मका लागि लोनमा भित्र्याएको हो ।
मिनामिनोले यस सिजनको प्रिमियर लिगमा मात्र दुई खेल खेल्न पाएका छन् । २६ वर्षीय मिनामिनो सात मिलियन युरोमा एक वर्षअगाडि मात्र लिभरपुल आएका थिए ।