birat ribon

अत्यधिक टमाटरको सेवनले शरीरको दुखाइदेखि पाचन समस्या निम्त्याउने

Neuro
अत्यधिक टमाटरको सेवनले शरीरको दुखाइदेखि पाचन समस्या निम्त्याउने

विराटनगर/टमाटर स्वास्थ्यका लागि धेरै तरिकाले फाइदाजनक हुन्छ ।

Padelux insider
cura insider

टमाटरलाई सुन्दरता बढाउन र गर्मीमा ट्यानिङको समस्या हटाउन पनि प्रयोग गरिन्छ । यसमा हुने एन्टिक्सिडेन्टले छालालाई युभी किरणबाट बचाउँछ । तर, धेरै मात्रामा टमाटरको सेवनले स्वास्थ्यमा हानिकारक प्रभाव पार्छ । यसले पखाला, पाचनसम्बन्धी समस्या, किड्नीको समस्या तथा शरीरको दुखाइसम्म निम्त्याउन सक्छ ।

धेरै टमाटरको सेवनले मृगौला ढुङ्गा बन्ने प्रक्रिया हुन सक्छ । टमाटरमा क्याल्सियम र अक्सलेट प्रशस्त मात्रामा पाइन्छ । अत्यधिक टमाटरको सेवनले यी दुबैलाई सजिलैसँग मेटाबोलाइज गर्रन सक्दैन न त यी शरीरबाट बाहिर निकालिन्छ । यी तत्वहरू शरीरमा जम्मा हुन थाल्छन्, जसको कारणले किड्नीमा ढुङ्गाको गठन हुन्छ र पत्थरीको समस्या हुनसक्छ ।

अत्यधिक टमाटरको सेवनले लाइकोपिनोडर्मिया हुनसक्छ । यो एक समस्या हो जहाँ व्यक्तिको रगतमा लाइकोपिनको मात्रा बढ्छ, जसले छालाको रङलाई बिगार्न सक्छ । लाइकोपिन सामान्यतया शरीरका लागि राम्रो हुन्छ तर, प्रतिदिन ७५ मिलिग्रामभन्दा बढी सेवन गरेमा यसले लाइकोपिनोडर्मिया निम्त्याउँछ ।

टमाटरमा मलिक एसिड र साइट्रिक एसिड हुन्छ, जसको सेवनले पेटलाई उच्च अम्लीय बनाउँछ । धेरै टमाटरको सेवनले पेटमा अत्यधिक ग्यास्ट्रिक एसिड उत्पन्न हुन्छ जसले छातीको जलन, अमिलो पानी तथा डकार आउने वा एसिड रिफ्लक्सको समस्या निम्त्याउन सक्छ । टमाटरमा साल्मोनेला नामक ब्याक्टेरियम पनि हुन्छ ।

जब यो ब्याक्टेरिया शरीरमा प्रवेश गर्छ, यसले झाडापखाला लाग्न सक्छ । पाचनसम्बन्धी समस्याबाट बच्नका लागि टमाटरलाई सीमित मात्रामा सेवन गर्नुपर्छ । टमाटरको अधिक सेवनले जोर्नी सुन्निने तथा जोर्नीको दुखाइ निम्त्याउन सक्छ । टमाटरमा पाइने सोलेनिन नामक कम्पाउन्डले टिस्युहरूमा क्याल्सियमको उत्पादन गर्छ, जसले जोर्नीमा दुखाइ र सुजन निम्त्याउँछ ।

टमाटरमा हुने हिस्टामाइन नामक तत्वले छालामा समस्या वा एलर्जी निम्त्याउन सक्छ । टमाटरको अत्यधिक सेवनले मुख, जिब्रो र अनुहार सुन्निने, हाच्छ्युँ आउने, घाँटीमा जलन हुनेलगायतका गम्भीर लक्षण निम्त्याउन सक्छ ।

jackson ribon