birat ribon

चीनमा कोरोनाविरुद्धको नक्कली खोप, ८० जना पक्राउ

Neuro
चीनमा कोरोनाविरुद्धको नक्कली खोप, ८० जना पक्राउ

विराटनगर/चीनमा कोरोना भाइरसविरुद्धको नक्कली खोप बनाएको आरोपमा ८० जनालाई पक्राउ गरिएको छ ।

Padelux insider
cura insider

खोपसम्बन्धी अपराधविरूद्ध लड्ने अभियानअन्तर्गत प्रहरीले जियांग्सु, बेजिङ र शानडोंगबाट तीन हजारभन्दा धेरै नक्कली खोपसहित ८० जनाभन्दा बढीलाई पक्राउ गरेको हो । प्रहरीले सन् २०२० को सेप्टेम्बरदेखि उच्च मूल्यमा खोप वितरण भइरहेको जानकारी पाएको थियो । र, सोही अनुसन्धानका क्रममा प्रहरीले नक्कली खोप बिक्रेतालाई पक्राउ गरिएको हो ।

सिरिन्जमा सलाइन इन्जेक्सन राखेर बनाइएको नक्कली खोप निकै महँगो मूल्यमा बेचिँदै आएको थियो । उक्त खोप मुलुकबाहिर समेर महँगो मूल्यमा बिक्री वितरणको तयारी भइरहेको थियो । उक्त गिरोहले पैसाका लागि नक्कली खोप बिक्री गरेको पाइएको छ ।

चीनमा हालसम्म दुई कम्पनी सिनोवाक र सिनोफर्मले विकास गरेको खोप मात्र लगाउन जिम्मा दिइएको छ । दुबै खोप अन्य देशहरूमा पनि पठाइएको छ ।

jackson ribon