birat ribon

रामधुनी साकोसमा गणेश

Neuro
रामधुनी साकोसमा गणेश

विराटनगर/सुनसरीको बराहक्षेत्र नपा–१०, प्रकाशपुरमा रहेको रामधुनी वचत तथा ऋण सहकारी संस्थाको २३ औं साधारणसभाबाट गणेशकुमार पौडेल अध्यक्षमा निर्वाचित भएका छन् ।

Padelux insider
cura insider

साधारणसभाको निर्वाचन प्रक्रियाबाट उपाध्यक्ष पदमा तारादेवी राई निर्वाचित भएका छन् ।
संस्थाको सचिवमा ईन्द्रबहादुर दाहाल (बलराम), कोषाध्यक्षमा बमबहादुर कटुवाल निर्वाचित भएका छन् ।

त्यसैगरी, सदस्य पदमा भक्तबहादुर लिम्बू, अनिल राई, ताराबहादुर कार्की, वीरेन्द्र कविरथ, रोसिक चन्द्रवंशी (बालक), कमला कटुवाल र कल्पनाकुमारी राउत (कोइराला) निर्वाचित भएको निर्वाचन अधिकृत चुडामणि खनालले जानकारी दिए ।

त्यस्तै, जयप्रसाद आचार्यको संयोजकत्वमा अशोक राई र टिकाबहादुर कटुवाल (श्याम) सदस्य रहेको लेखा सुपरीवेक्षण समिति पनि चयन गरिएको छ ।

jackson ribon