birat ribon

म्यान्मारको सैनिक ‘कु’को विरोधमा सामाजिक सङ्घ-संस्था

Neuro
म्यान्मारको सैनिक ‘कु’को विरोधमा सामाजिक सङ्घ-संस्था

काठमाडौँ / नेपालमा अवस्थित सामाजिक तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्घ-संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै हालै म्यान्मारमा भएको सैनिक ‘कु’को विरोध जनाएका छन् । उनीहरूले पक्राउ गरिएका आन सान सुकीसहितका सम्पूर्ण प्रजातन्त्रवादी नेताहरूको शीघ्र रिहाइको समेत माग गरेका छन् ।

Padelux insider
cura insider

त्यहाँको निर्वाचन आयोगले चुनावमा कुनै धाँधली नभएको स्पष्ट गरिसकेकाले सोही नाममा सैनिक हस्तक्षेप गर्नु उचित नभएको विज्ञप्तिमा जनाइएको छ । प्रजातन्त्रवादी नेताहरूलाई धरपकड गर्दै एक वर्षका लागि संकटकालको घोषणा गर्नु प्रजातन्त्र र लोकतन्त्रमाथिको उपहास भएको उनीहरूले जनाएका छन् ।

यसले भरखरै अभ्यासमा आएको म्यानमारको प्रजान्तत्रमाथि मात्र होइन, विश्वका अरू भागमा पनि प्रजातन्त्रमाथि सङ्कट निम्त्याउने खतरा रहेको विज्ञप्तिमा भनिएको छ ।

‘यो ‘कु’ले म्यान्मारका जनताले आफ्नो सरकार आफैँ छान्न पाउने अधिकार कुण्ठित गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । यहाँका जनताले प्रजातन्त्रका लागि विगतमा लामो सङ्घर्ष गर्नुपरेको स्मरण गर्र्दै विज्ञप्तिमा जनताको प्रजातन्त्रप्रतिको चाहनाप्रति ऐक्यबद्धता जनाइएको छ । साथै सैनिक शासकलाई तुरुन्त यस्तो कदम सच्याएर प्रजातन्त्र र कानुनको सम्मान गर्न आग्रह गरिएको छ ।

एमनेस्टी इन्टरनेसन नेपाल, एड्भोकेसी फोरम, एसियन ह्युमन राइट्स कमिसन, सिभिल राइट्स एसोसिएसन नेपाल, सेन्टर फर लेगल स्टडिजलगायतका नौवटा संस्थाले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् ।

jackson ribon