birat ribon

बारम्बार तिर्खा लाग्नु गम्भीर रोगको सङ्केत हुन सक्छ

Neuro
बारम्बार तिर्खा लाग्नु गम्भीर रोगको सङ्केत हुन सक्छ

विराटनगर/शरीरको भित्री प्रणालीमा आवश्यक पर्ने पानीको मात्रालाई पूरा गर्न प्यास वा तिर्खाको आधारमा सन्देश दिइरहेको हुन्छ ।

Padelux insider
cura insider

तर, शारीरिक गतिविधि नगर्दा वा गर्मीको समय नहुँदा पनि कहिलेकाहीँ मानिसहरूलाई अत्यधिक प्यास लाग्ने गरेको वा धेरै पानी पिउन थाल्छन् । अत्यधिक तिर्खा महसुस गर्नु शरीरमा गम्भीर रोग लागेको सङ्केत हुन सक्छ । स्वस्थ व्यक्तिका लागि दिनप्रति औसत दुईदेखि तीन लिटर पानी पिउनु पर्याप्त हुन्छ । पानीको आवश्यकता केही सर्तअनुसार कम वा बढी हुन सक्छ ।

शरीरले अधिक परिश्रम गर्दा, उच्च स्थानमा हुँदा वा अत्यधिक गर्मीको समयमा, अत्यधिक पसिना आउँदा सामान्यभन्दा बढी पानीको आवश्यकता महसुस हुन्छ । तापक्रमलाई सन्तुलनमा राख्न शरीरले धेरै पानीको माग गर्छ । यसकारण पनि अधिक तिर्खा लागेको महसुस हुन्छ । चिकित्सा भाषामा अत्यधिक तिर्खा लाग्ने अवस्थालाई ‘पोलिडिप्सिया’ भनिन्छ ।

यस अवस्थामा व्यक्तिले अधिक पानी पिउँछ जसले शरीरमा सोडियमको मात्रालाई कम गराउन सक्छ । वाकवाकी वा बान्ताजस्तो लक्षण पनि देखापर्न सक्छ । यसबाहेक पटक–पटक पिसाब लाग्ने समस्या पनि हुन्छ । तर, कहिलेकाहीँ केही रोग लागेका कारण पोलिडिप्सिया अर्थात् अत्यधिक तिर्खा लाग्नु रोगको प्रमुख लक्षण हुन्छ ।

रगतमा चिनीको मात्रा नियन्त्रण नहुँदा अर्थात् मधुमेहको समस्या भएकामा पटक–पटक तिर्खा लाग्नु रोग पहिचान गर्ने प्रमुख लक्षण हो । मधुमेहको समस्या भएकामा रगतमा चिनीको मात्रा बढ्छ, जसलाई मृगौलाले सजिलैसँग फिल्टर गर्न सक्दैन । यो चिनी पिसाबसँग बाहिर आउने हुन्छ, जसकारणले शरीरमा पानीको अभाव हुन्छ । र, यो बारम्बार तिर्खाको कारण बन्न जान्छ ।

शरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसनको कारण पनि धेरै तिर्खा लाग्ने हुन्छ । खाना विषाक्तता, हिटवेभ, पखाला, सङ्क्रमण, ज्वरो वा जलन यसका मुख्य कारण हुन् । बारम्बार तिर्खा लाग्ने, मुख सुक्ने, थकान, बान्ता, वाकवाकी र बेहोस शरीरमा पानीको कमी हुँदा देखिने लक्षण हुन् । डिहाइड्रेसनको बिरामीलाई ठीक मात्रामा पानी र आवश्यक इलेक्ट्रोलाइट्स दिएर निको पार्न सकिन्छ ।

तर, लापरवाहीमा मृत्युलाई पनि निम्त्याउन सक्छ । त्यसपछि एन्जाइटी अर्थात् चिन्ताका कारण पनि अत्यधिक तिर्खा लाग्ने सक्छ । सामान्य अर्थमा, मुटुको धड्कन बढ्ने, बेचैनी र घबराहटको भावनालाई एन्जाइटी भनिन्छ । यस्तो अवस्थामा, मुख सुक्छ र मानिस अधिक पानी पिउन थाल्छ । एन्जाइटी हुँदा केही इन्जाइमले मुखमा बनेको र्‍यालको मात्रा घटाउँछ, जसका कारण बढी तिर्खा लाग्ने हुनसक्छ ।

त्यस्तै, खाना नपचेका कारण वा अपचको समस्या भएकालाई पनि अत्यधिक तिर्खा लाग्ने हुन्छ । तेल वा मसलादार खाना खाएपछि शरीरले यी खानालाई सजिलै पचाउन सक्दैन । शरीरलाई खाना पचाउनका लागि अझ बढी पानी चाहिने हुन्छ । जसका कारण शरीरमा पानीको अभाव हुन्छ र अत्यधिक तिर्खा लाग्ने हुनसक्छ ।

jackson ribon