birat ribon

विराटनगरको एभरेस्टमा मन्टेस्वरीदेखि स्नातकसम्मको कक्षा

Neuro
विराटनगरको एभरेस्टमा मन्टेस्वरीदेखि स्नातकसम्मको कक्षा

विराटनगर/विराटनगरको एभरेस्ट एजुकेसन फाउन्डेसनले विश्वविद्यालयको कक्षा पनि सञ्चालन सुरु गरेको छ । विद्यालय शिक्षामा राम्रो छवि बनाएको एभरेस्टले मन्टेस्वरी कक्षादेखि स्नातकसम्मको कक्षा सञ्चालन सुरु गरेको हो ।

Padelux insider
cura insider

कक्षा १२ सम्म अध्यापन गराउँदै आएको फाउन्डेसनले विराटनगरमा सञ्चालित एम्स कलेजलाई आफ्नो स्वामित्वमा लिएसँगै विश्वविद्यालय तहको स्नातक कक्षा सञ्चालन सुरु गरेको हो ।

त्रिभुवन विश्वविद्यालयका बिबिएस र बिएससी सिएसआइटी, बिएचएम र बिएका कोर्ष अध्यापन गराउँदै आएको छ ।

फाउन्डेसनका प्रबन्ध निर्देशक टीकाराम पुरीका अनुसार न्यू एभरेस्ट कलेजमा बिबिएस र बिएससी सिएसआइटीका कक्षा सञ्चालन हुँदैछ । त्यस्तै एम्स कलेजमा बिबिएससहित बिएचएम र बिएका कोर्षको अध्यापन हुँदैछ । एभरेस्ट एकजुकेसन फाउन्डेसनले आफ्ना छात्रछात्रा विश्वजगतमा सहजै प्रतिष्पर्धी बन्नसक्ने दावी गरेको छ ।

jackson ribon