birat ribon

चार जिल्लाका ८९ फर्ममा अनुगमन

अन्य जिल्लाको अनुगमन भएन

Neuro
चार जिल्लाका ८९ फर्ममा अनुगमनअन्य जिल्लाको अनुगमन भएन

मोहन ढकाल

Padelux insider
cura insider

विराटनगर/वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ८९ फर्ममा अनुगमन गरेको छ ।

अनुगमन गरिएका फर्ममध्ये १४ वटा जरिवानामा परेका छन् । चालु आर्थिक वर्षको साउन महिनामा अनुगमन शून्य छ । यस्तै भदौमा १३ वटा फर्महरुमा अनुगमन गरेको कार्यालयले असोजमा सबैभन्दा बढी ३९ ओटा फर्मको अनुगमन गरेको छ । असोजमा अनुगमन गरिएका फर्ममध्ये १० वटा जरिवानामा परेका छन् ।

यस्तै कात्तिकमा अनुगमन गरिएका १२ मध्ये दुई फर्मलाई जरिवाना गरिएको वाणिज्य कार्यालय विराटनगरले जनाएको छ । यस्तै मङ्सिर र पुस महिनामा क्रमश: १३ र १२ वटा फर्ममा अनुगमन भएको कार्यालयका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले बताए ।

चालु आर्थिक वर्षमा मोरङ, सुनसरी, झापा र धनकुटा गरेर चार जिल्लामा अनुगमन भएको निमित्त कार्यालय प्रमुखले बताए । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना गरिएका १४ वटा उद्योग, पसलबाट सात लाख ४५ हजार राजश्व सङ्कलन गरेको पोखरेलले बताए । वाणिज्य कार्यालयबाट अन्य जिल्लामा भने अनुगमन हुन सकेको छैन ।

तर एकपटक अनुगमन गरिएका उद्योग, पसललाई पुनः अनुगमन हुन सकेको छैन । पुनः अनुगमन हुन नसक्दा जरिवानामा परेका फर्महरुले निर्देशन पालना नगरेको उपभोक्ताहरुको बुझाइ छ । कार्यालय भने अनुगमन प्रभावकारी भएको दावी गर्दै आएको छ ।

अनुगमन प्रभावकारी भएको भन्दै पोखरेलले भने, ‘अनुगमन गरिएका र जरिवानामा परेका उद्योग, पसलले आफूले गरेको सुधारको जानकारी दिने गरेका छन् ।’ यसरी सुधारको जानकारी गराएका फर्महरुमा पुनः अनुगमन गर्दा सुधार गरिएको पाइएको भन्दै उनले भने, ‘यो हाम्रा लागि खुसीको कुरा र अनुगमनको सफलता पनि हो ।’

उनले कर्मचारीको अभावका कारण जति अनुगमन हुनु पर्ने हो त्यति हुन नसकेको बताए । घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, विराटनगर महानगरपालिका र अन्य स्थानीय तहसँगको समन्वय कमजोर हुँदा अनुगमनमा समस्या भएको कार्यालयले जनाएको छ ।

कार्यालयले पुस मसान्तसम्म दुई हजार नौ सय २९ वटा व्यापारिक फर्महरुको काम गरेको छ । त्यसबाट ६४ लाख ३५ हजार पाँच सय १० राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

jackson ribon