birat ribon

पोलियो सट्टा स्यानिटाइजर खुवाइयो

Neuro
पोलियो सट्टा स्यानिटाइजर खुवाइयो

विराटनगर/भारतको एक गाउँमा १२ जना बालबालिकालाई पोलियो थोपाको सट्टा स्यानिटाइजर दिइएको छ ।

Padelux insider
cura insider

महाराष्ट्रको घाटानजीस्थित कापसी (कोपारी गाउँ)को एक प्राथमिक स्वास्थ्य केन्द्रमा १२ जना बालबालिकालाई पोलियो थोपाको सट्टा स्यानिटाइजर दिइएको घटना बाहिरिएको हो । भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार घटनापछि उक्त केन्द्रका तीन जना नर्सलाई निलम्बन गरिएको छ ।

आइतबार राष्ट्रिय खोप अभियानअन्तर्गत पोलियो खोप कार्यक्रममा एकदेखि पाँच वर्षसम्मका दुई हजार शिशु तथा बालबालिका आफ्ना अभिभावकका साथ खोप केन्द्रमा पुगेका थिए । पोलियो थोपाको सट्टामा स्यानिटाइजर खुवाएका केही बच्चाहरूमा वाकवाकी, वान्ता, दुखाइलगायतका स्वास्थ्यमा समस्या देखियो ।

पोलियो थोपा खुवाएको केही समयमा त्यस्तो हुन थालेपछि त्यहाँका स्वास्थ्यकर्मी तथा अभिभावकहरू आत्तिन थाले । समस्या देखिएका बच्चाहरूलाई वसंतराव नाइक गभर्मेन्ट कलेज एन्ड हस्पिटलमा भर्ना गरिएको थियो । अस्पतालका डिन डा. मिलिंद काँबले अहिले सबै बच्चाहरूको अवस्थामा सुधार आएको बताएका छन् ।

jackson ribon