birat ribon

‘कामको उद्घाटन गर्नु र काम लाग्नु फरक कुरा हो सरकार !’

Neuro
‘कामको उद्घाटन गर्नु र काम लाग्नु फरक कुरा हो सरकार !’

विराटनगर/नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन – सिजन १’ बाटै सायरी सुनाएर दर्शक र निर्णायकहरुको मन जित्न सफल भएका प्रतिस्पर्धी हुन कैलाश कार्की । हुन त पहिलो सिजनमा कैलाश कमेडी च्याम्पियनमा लामो रेसको घोडा बन्न सकेनन् । तर अहिले कमेडी च्याम्पियन दोस्रो सिजनको फिजिकल अडिसन हेर्दा सोलुखुम्बुका कैलाश कार्की लामो रेसको घोडा बन्ने सम्भावना देखिएको छ ।

Padelux insider
cura insider


उ भन्छ यो त अलि–अलि बढी लाग्या हो,
म भन्छु सरकार यो बढी होइन वाइडबडी लाग्या हो
उ भन्छ आफ्नै मान्छे हो, मोटाको पनि केको रिस ?
म भन्छु मोटाको राम्रो सरकार ढाडिएको होइन …

सरकार ! मलाई त तिमीभन्दा जुका सही लाग्छ
जताततै स्याउँ–स्याउँ त छैन
रगत नै चुसे पनि खराब चुस्छ, तिमीले जस्तो होइन
जुकालाई त बरु नुन दलेर तह लगाउँला
तिमीलाई त कानुनले पनि छोएन …

कमेडी च्याम्पियन दोस्रो सिजनको फिजिकल अडिसनमा कार्कीले यो ‘सायरी’ सुनाए । उनको सायरी सुनेपछि निर्णायक मनोज गजुरेल, ऋचा शर्मा, प्रदीप भट्टराईले ताली बजाए । हत्तपत्त प्रतिक्रिया नदिने निर्णायक सन्तोष पन्तले पनि कैलाशको सायरी सुनेर ताली पिट्दै भने, ‘भेरी गुड !’
कैलाशले प्रस्तुत गरेको उक्त सायरीमा जनताले महसुस गरिरहेको भावना समेटिएको थियो । सरकारमा पुगेपछि नेताहरूले देखाउने प्रवृत्तिमाथिको तीखो ब्यङ्ग्य थियो । त्यसैले पनि कैलाशले ताली पाए ।

सायरी सुनाएर नै छनोटमा परेका कैलाश त्यतिमा नै रोकिएनन् । उनले चुनाव जितेपछि शहर पस्ने र मतपेटिका अघि नलगाएसम्म गाउँ नफर्किने नेतालाई पनि सायरीमार्फत् नै ब्यङ्ग्य गरे ।
उनले सायरीबाट नै देशमा मौलाएको भ्रष्टाचार, राजनीतिक अस्थीरताका कारण देशमा परेको असरदेखि नेताले जुत्ता खाएकोसम्मको प्रसङ्ग कोट्याए ।

उनले सायरीमा भनेका छन्,

ऊ भन्छ, कसले भन्यो हाम्रो सरकार काम लाग्दैन भनेर ?
मैले भने कामको उद्घाटन गर्नु र काम लाग्नु फरक कुरा हो सरकार !
उद्घाटनकै लागि भए पनि पूर्व–पश्चिम भागेको भाग्यै छ
यत्तिकैमा ऊ भन्छ, सबैलाई काम लाग्नु पर्छ भन्ने छ’र आफ्ना–आफन्तलाई काम लागेकै छ ।

यी शब्दबाट सरकारमाथि नैतिक प्रश्न नै खडा गरिदिए । कैलाशको यस प्रस्तुतिले जनताका लागि भन्दा पनि आफ्ना–आफन्तलाई मात्रै काखी च्याप्ने प्रवृत्तिमाथि चोटिलो प्रहार गरेको छ ।

jackson ribon