birat ribon

पारिवारिक नाताभित्र ब्राउन सुगरको धन्दा : सालो भारतका ‘सप्लायर्स’, भिनाजु नेपालका बिक्रेता

Neuro
पारिवारिक नाताभित्र ब्राउन सुगरको धन्दा : सालो भारतका ‘सप्लायर्स’, भिनाजु नेपालका बिक्रेता

विराटनगर । भारत अररीयाका २२ वर्षीय मोहम्मद नवाब आलम मोरङको रतुवामाई नगरपालिका–५ आमबारीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परे ।

Padelux insider
cura insider

उनले चलाएको बीआर ३७ यू ५८२३ नम्बरको भारतीय मोटरसाइकलको पछाडि बसेका थिए, रतुवामाई–२ झुर्कियाका ४४ वर्षीय मोहम्मद रफिक मियाँ । झुर्किया नेपाल–भारत सीमानजिक पर्छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाको संयुक्त टोलीले दुवै जनालाई गत माघ ५ गते सोमबार नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा नवाबको साथबाट एक सय १३ ग्राम १६ मिलिग्राम ब्राउन सुगर फेला प¥यो ।

त्यसपछि प्रहरीले रफिकको घरमा पुगेर छापा हान्यो । त्यसक्रममा उनको घरमा १२ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर भेटियो । ब्राउन सुगर अन्तर्राष्ट्रिय बजारमै महँगो र उच्च गुणस्तरको मानिने लागुऔषध हो । जम्मा एक सय २६ ग्राम १४ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनामाथि प्रहरीले अनुसन्धान थाल्दा नवाब र रफिक पारिवारिक नाताभित्रका सालो–भेना रहेको पत्ता लाग्यो ।

सालो नवाब भारत अररीयाका नामुद ब्राउन सुगर कारोबारी रहेको सूचना यसअघिनै नेपाल प्रहरीमा थियो । भारतमा डिलर नै सञ्चालन गरेर बसेका उनले नेपालमा सम्पर्क व्यक्ति राखेर सञ्जाल विस्तार गर्दै यसको कारोबार गरिरहेको सूचनाका आधारमा उनी नेपाल छिर्ने उपयुक्त मौका पर्खिएर प्रहरी बसेको थियो ।

उनले ब्राउन सुगरको कोरोबारलाई विस्तार गर्न नेपालमा सम्पर्क व्यक्तिका रुपमा परिवारिक नाताभित्रका व्यक्ति र केही आफन्तलाई पनि प्रयोग गरिरहेको जानकारी पनि प्रहरीमा थियो । त्यही आधारमा निगरानी बढाएको प्रहरीले नभन्दै ठूलो परिणामको ब्राउन सुगरसहित नेपाल आएका बेला सालो र नेपालमै बसेर सालोसँग सम्पर्कमा रहँदै कारोबारको अवैध धन्दा चलाइरहेका भिनाजुलाई नियन्त्रणमा लिन सफल भएको हो ।

प्रहरीकाअनुसार यसअघि नवाब भिनाजुको घर आएकोभन्ने बहाना बनाएर नेपाल आइरहन्थे । तर पछिल्लो समय उनी नेपाल नछिरेको धेरै भएको थियो । उनले आफन्तकोमा आएको बहाना बनाएर नेपालमा कानुनद्धारा बर्जित वस्तुको अवैध कारोबार गर्ने आधार बनाएको पाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनकाअनुसार पारिवारिक नाताभित्रबाट कारोबार गर्दा बाहिरका अरु व्यक्तिले सहजै चाल नपाउने भएका कारण पनि उनले पारिवारिक नाता सम्बन्धलाई नेपालमा ब्राउन सुगरको अवैध धन्दा सञ्चालन गर्ने ठूलो आधार र माध्यम बनाएको खुलेको छ ।

प्रहरीले नेपालमा रहेका उनका अरु केही आफन्तले पनि सम्पर्कमा रहेर यसको कारोबार गरिरहेको पाइएको दाबी गरेको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीले उनीहरुको सम्पर्कमा रहेका अन्यालई पनि पक्राउको तयारी गरेको छ । ‘सालो भारतबाट ब्राउन सुगर सप्लायर्सको काम गर्दा रहेछन्,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘भिनाजु नेपालका बिक्रेता भएको र भारतबाट भित्रिएको ब्राउन सुगर उनीले नै विभिन्न ठाउँमा लगेर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ भारतीय भूमिमा ब्राउन सुगरको डिलरनै चलाएर बसेका सालोले नेपालमा त्यसको ‘सप्लाई’ गर्ने र भिनाजु तथा केही आफन्तमार्फत खरिदकर्तासम्म सहज रुपमा पु¥याउने बिक्रेता भएको पत्ता लागेको एसपी खड्काको भनाइ छ ।

सालो भारतका सप्लायर्स र भिनाजु नेपालका बिक्रेता भएको खुलेपछि प्रहरीले गम्भीर रुपमा घटनाको अनुसन्धान अघि बढाएको जानकारी उनले दिए । भारतीय भूमिमा भएका कारण नवाबले सञ्चालन गरेको डिलरसम्म भने नेपाल प्रहरी पुग्न सकेको छैन ।

नेपालमा आफन्तलाई सम्पर्क व्यक्तिका रुपमा राखेर भारतबाट कारोबार चलाउने धन्दा नौलो भएको प्रहरीको भनाइ छ । उनको सम्पर्कमा रहेकाहरुले नेपालमा बसेर लुकाईछिपाई ब्राउन सुगर भित्राउँदै विभिन्न स्थानमा यसको दुव्र्यसनी र खरिदकर्तासम्म पु¥याएर महँगो मूल्यमा बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट भारतमा यसको मूल्य प्रति ग्राम १० हजार रुपैयाँसम्म पर्ने गरेको पाइएको छ । नेपाल ल्याएपछि भने ग्राहाक हेरेर २० हजार रुपैयाँभन्दा बढीमा बिक्री गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ ।

कारोबारीले भारतबाट भित्राएर पूर्वका उर्लाबारी, दमक, इटहरी, धरान लगायतका विभिन्न शहरमा ब्राउन सुगर ‘सप्लाई’ गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘पक्राउ परेका भारतीय युवा नेपालतिरबाट ब्राउन सुगरको ठूलै माग (डिमान्ड) आयो भने आफै पु¥याउन आउने गरेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘उच्च परिणामको माग आएपछि उनी आफै पु¥याउन नेपाल छिरेको र भिनाजुसँग मिलेर कुनै ठाउँमा ब्राउन सुगर पु¥याउन जाँदै गर्दा नियन्त्रणमा लिइएको हो ।’

नेपालमा ब्राउन सुगरको खरिदकर्ता खोज्ने र उनीहरुसम्म पु¥याउने काम भने उनको सम्पर्कमा रहेका आफन्त र पारिवारिक नाता सम्बन्धका व्यक्तिले गरिरहेको प्रहरीको भनाइ छ । बिक्रीबाट भएको कमाई भने बाँडेर लिने गरेको पनि पाइएको छ । भारतीय युवाले नेपालमा सञ्जाल विस्तार गरेर अहिलेसम्म कति ब्राउन सुगर बिक्री गरिसके भन्ने कुरालाई पनि प्रहरीले अनुसन्धानको विषय बनाएको छ ।

दुवै जना पक्राउ परेपछि प्रहरीले ब्राउन सुगरको अवैध कारोबारका बारेमा केही ‘सुराक’ फेला परेको बताएको छ । प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीकाअनुसार नवाब र उनको भिनाजुको ‘कनेक्सन’ पूर्वका विभिन्न शहरमा रहेका व्यक्तिसँग देखिएको छ । त्यही ‘कनेक्सन’का आधारमा पूर्वका दमक, उर्लाबारी, धरान, इटहरी लगायतका स्थानमा ब्राउन सुगरको कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न अलगअलग रुपमा प्रहरीको विशेष टोली परिचालित रहेको जानकारी उनले दिए ।

‘विशेष सूचनाका आधारमा नेपालभित्रै ब्राउन सुगरसँग जोडिएका अरु ठूला कारोबारी एवं गिरोह खोज्दै छौं,’ स्रोतले भन्यो, ‘नवाबको सम्पर्कमा रहेका अरु ठूला गिरोहकोनजिक पुग्ने क्रममा केही व्यक्तिलाई अनुसन्धानको दायरामा पनि ल्याइएको छ ।’ डीआईजी कार्कीले ब्राउन सुगर कारोबारीमाथि प्रहरीले कारबाही तीव्र रुपमा अघि बढाएको बताए । उनकाअनुसार यसको कारोबारमा एउटै परिवारका पति–पत्नी, दाजु–भाइ, बुवा–छोरा, सालो–भेना, दिदी–बहिनीसमेतको संलग्नता रहने गरेको पाइएको छ ।

‘पारिवारिक नाताभित्रबाट हुने यस्ता अवैध कारोबार पत्ता लगाउन र यसको अनुसन्धान गर्न निक्कै मुस्किल हुन्छ,’ डीआईजी कार्कीले भने, ‘त्यही पनि लागुऔषधको सञ्जाल भत्काउन प्रहरीले विभिन्न ढंगले मिहिनेत गरिरहेको छ ।’ लागुऔषधको कुलत एवं दुव्र्यसनमा फसेकाबाट परिवार र समाज नै ध्वस्त हुने अवस्थामा पुगेको तथा सबैलाई नकारात्मक असर पुग्नुका साथै व्यक्तिगत स्वास्थ्य पनि बिग्रने गरेको पाइएको बताउँदै उनले लागुऔषधको कारोबार, सेवन र ओसारपसार नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको जानकारी दिए । कार्कीले भने, ‘लागुऔषधले नातासम्बन्ध, पारिवारिक एवं सामाजिक संरचना र धन सम्पत्ति सबै ध्वस्त बनाइरहेको छ । नियन्त्रण निक्कै चुनौतीपूर्ण बनिरहेको छ ।’

jackson ribon