birat ribon

संवैधानिक परिषद् बैठक भोलि

Neuro
संवैधानिक परिषद् बैठक भोलि

विराटनगर । प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक भोलि (बुधबार)का लागि बोलाइएको छ ।

Padelux insider
cura insider

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक साँझ ५ बजे बस्ने तय भएको छ । सभामुख अग्नी सापकोटाले संवैधानिक निकायमा नियुक्ति सम्बन्धी सिफारिस फिर्ता पठाएपछि बैठक बस्न लागेको हो । बैठकको पहिलो एजेन्डानै संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धी रहेको छ । दोस्रो एजेण्डामा विविध उल्लेख गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने बैठकका विषयमा कुनै जानकारी नदिइएको स्रोतले बतायो ।

jackson ribon