birat ribon

मौसममा सुधार हुन केही दिन लाग्ने, तीन दिन वर्षा र हिमापातको सम्भावना

Neuro
मौसममा सुधार हुन केही दिन लाग्ने, तीन दिन वर्षा र हिमापातको सम्भावना

विराटनगर । मुलुकको मौसममा परिवर्तन हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।

Padelux insider
cura insider

तराईमा अहिले बाक्लो हुस्सु लागिरहेको छ । चिसो अत्याधिक बढेको छ । तर हुस्सु हटेर मौसममा सुधार हुन अझै केही दिन लाग्ने मौसमविद्हरुले बताएका छन् । पश्चिमी वायुको प्रभावले आगामी बिहीबारदेखि शनिबारसम्म तीन दिन पानी पर्ने र हिमपात हुने अनुमान छ ।

त्यसपछि क्रमिक रुपमा मौसममा सुधार भएर र मौसमी प्रणाली बाहिरिएर गर्मी सुरु हुने अपेक्षा गरिएको मौसमविद्ले बताए । मौसमविद शान्ति कँडेलका अनुसार मौसममा बदली भएर तीन दिनसम्म वर्षा र हिमपात हुने अनुमान छ । वर्षा र हिमपात रोकिएपछि तापक्रम वृद्ध भएर गर्मी सुरु हुने उनको भनाइ छ ।

कँडेलले मौसममा बदली नेपालको पश्चिमी भागबाट सुरु हुने बताइन् । उनका अनुसार यो मौसमी प्रणाली रहुन्जेल अधिकतम तापक्रम घट्ने र तराईको हुस्सु कुहिरो पनि हराउँदै जाने छ । मौसममा सुधार भएपछि चिसोले अत्याधिक प्रभावित बनेको जनजीवनमा केही राहत पुग्ने छ । घाम नलाग्दा दिउँसोमा अधिकतम तापक्रम घटे पनि बिहानमा कठ्यांग्रिने जस्तो जाडो अब नहुने कँडेलले बताइन् ।

jackson ribon