birat ribon

अत्याधिक हिमपातपछि अमेरिकामा आपतकालको घोषणा

Neuro
अत्याधिक हिमपातपछि अमेरिकामा आपतकालको घोषणा

विराटनगर । अत्याधिक हिमपातका कारण अमेरिकाको न्यूयोर्क सिटी र न्यूजर्सीमा आपतकालको घोषणा गरिएको छ ।

Padelux insider
cura insider

भारी हिमपातका कारण हिउँ आँधी आउनसक्ने चेतावनी मौसमविद्हरुले दिएका छन् । हिउँ आँधी आएमा ठूलो धनजनको क्षति बेहोर्नुपर्नेभन्दै सरोकारावालाले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले बेलैमा सचेत भएर सावधानी अपनाउन सबैमा आग्रह गरेका छन् ।

अमेरिकाको पूर्वी क्षेत्रमा भीषण हिमपात हुन थालेपछि जनजीवन निक्कै कष्टकर बनेर गएको छ । न्यूर्योकसहितका शहर हिमापतपछि सेताम्मे बनेका छन् । हिमपातकै कारण हवाइ यातावात अवरुद्ध भएका छन् । कोरोना भाइरसविरुद्धको खोप अभियान पनि हिमपातले प्रभावित भएको छ । केही दिनयता लगातार भइरहेको हिमपात पछिल्लो समय बढ्दो क्रममा रहेपछि जनजीवन नराम्ररी प्रभावित बनेपछि आपतकालको घोषणा गरिएको सरकारी अधिकारीले जनाएका छन् ।

तीव्र रफ्तारमा रहने न्यूर्योक सिटीको जनजीवनस्थिर भएको छ । न्यूजर्सी, पेन्सिलभेनियासहितका क्षेत्रमा स्थानीय समय अनुसार सोमबार बेलुकासम्ममा ४८ सेन्टिमिटरसम्म हिउँ जमेको छ । यस्तै न्यूयोर्क सिटीमा ४३ सेन्टिमिटरसम्म हिउँ जमेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

हिउँ आँधी न्यू इंग्ल्याण्ड तर्फ जाने अमेरिकाको राष्ट्रिय मौसम सेवाले जनाएको छ । हावाको गति ८० किलोमिटर प्रतिघण्टासम्म पुग्ने र त्यसले गर्दा हिउँ आँधी आउन सक्ने बताइएको छ ।

jackson ribon