birat ribon

आयुर्वेद औषधालयमा औषधि अभाव

Neuro
आयुर्वेद औषधालयमा औषधि अभाव

वाग्मती । रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि अत्यन्त उपयोगी मानिएको आयुर्वेदिक औषधि नारायणी आयुर्वेद औषधालयमा भने अभाव भएको छ ।

Padelux insider
cura insider

उपचार गराउने बिरामीको सङ्ख्या वृद्धि भए पनि औषधि अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित बनेको छ । औषधालयमा उपचार तथा परामर्श लिनेका सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । आवश्यकता अनुसार सेवाग्राहीलाई औषधि उपलब्ध गराउन नसकिएको औषधालयका प्रमुख डा . सृष्टि श्रेष्ठको जानकारी दिइन् । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सो औषधालयमा आवश्यक औषधि, जनशक्ति तथा बजेटको समेत अभाव रहेको उनको भनाइ छ ।

कोरोनाको जोखिम हुन नदिन तथा उपचारमा समेत आयुर्वेदिक औषधिको प्रयोगमा सर्वसाधारणको औषधालयप्रति आकर्षण बढेको छ । विगतका तुलनामा सेवाग्राही बढी आउने गरेका छन्। औषधालयमा चालु आवको साउनदेखि मङ्सिरसम्ममा तीन हजार सात सय ११ जनाले स्वास्थ्योपचार सेवा लिएका छन् ।

औषधालयमा बालबालिकादेखि वृद्धवृद्धा उपचारका लागि आउने गरेका छन् । अहिले दैनिक ६० भन्दा बढी व्यक्ति उपचार सेवा लिन आउने गरेको प्रमुख श्रेष्ठले बताइन् । औषधालयले निःशुल्करूपमा ज्येष्ठ नागरिक, स्तनपायी , गाउँघर क्लिनिक र निःशुल्क औषधि लगायत स्वास्थ्य समस्या निराधार कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बहिरङ्ग , फिजियोथेरापी , शिरोधार, पञ्चकर्म र योग पनि निःशुल्करूपमा औषधालयमा सञ्चालित छ । योगाभ्यास सेवा बिहान दैनिक सुरु गरेको छ । चालु आर्थिक वर्षमा औषधालयको कार्यालय सञ्चालनलयायत औषधि खरिदका लागि २३ लाख रुपैयाँ रहेको उनले बताइन् ।

यसैगरी सो औषधालयबाट कोरोना सङ्क्रमण तथा उपचार परामर्श र शारीरिक क्षमता वृद्धिका लागि आयुर्वेद विभागले पठाएको निर्देशनअनुसार काम भएको छ । क्वारेन्टिनमा उपचार र परामर्श सेवा, शङ्कास्पद बिरामीलाई अश्वगङ्धाचूर्ण, गुर्जेचूर्ण, मधुचूर्ण र चिथोप्लाजीचूर्ण औषधि र आवश्यक परामर्श समेत दिइएको छ ।

विसं २०३४ बाट मकवानपुर जिल्लाको हेटौँडामा सञ्चालनमा रहेको औषधालय विसं २०३८ मा आफ्नै भवन निर्माण गरी हेटौँडा–२ मा व्यवस्थितरूपमा सञ्चालनमा रहेको छ ।

औषधालयले मातृशिशु सुरक्षार्थ दुग्धवद्र्धक आयुर्वेदिक औषधि वितरण तथा प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । यसैगरी विद्यालय आयुर्वेद स्वास्थ्य शिक्षा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर , स्वास्थ्य जीवनशैली र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । गुणस्तरीय सेवा प्रदान गरिँदै आएपनि यसप्रति सेवा लिनेको सङ्ख्या न्यून रहेको आयुर्वेद चिकित्सकको भनाइ छ ।

आयुर्वेद सेवाका बारेमा औषधालयले चेतनामूलक पम्पलेट जारी गरेको छ । पम्पलेटमा जारी सन्देशमा बजारमा पाइने विज्ञापनको आकर्षणमा लागेर आफैँ औषधि किनेर खाने बानी नगरौँ, कति आयुर्वेदिक औषधिको पनि नकारात्मक असर हुने गरेको छ । जति पुरानो उति राम्रो भन्ने विश्वासमा परेर धेरै दिनसम्म खुला रहेका, म्याद नाघेका, गन्ध एवं स्वाद बिगे्रका र फुटपाथमा बेच्ने गरेका औषधि प्रयोग नगर्न आग्रह गरिएको छ ।

आयुर्वेदिक औषधिको सेवन गर्नुभन्दा पहिला आधिकारिक आयुर्वेदिक चिकित्सक तथा प्राविधिकबाट स्वास्थ्य जाँच गराएर उनीको सल्लाहअनुसार मात्र औषधि प्रयोग गर्नुपर्छ र आयुर्वेदिक प्राविधिक हो वा होइन बुझेर मात्र सल्लाह लिनुपर्छ । आफ्नो घरको परिसर÷करेसाबारीमा कम्तीमा घ्यूकुमारी, निम, गुर्जो, तुलसी, पुनर्नवा, पुदिनाजस्ता उपयोगी जडीबुटी लगाउनुपर्छ । शरीरमा लागेको रोग निको पार्न बुटी बाँधेर, झारफुक गरेर पानीले हात पखालेर तथा जसले जेको झोल दियो त्यो खाएर निको हुन्छ भन्ने भ्रममा परेर पैसा र (अमूल्य जीवन) स्वास्थ्य खेर नफाल्न आग्रह गरिएको छ ।

आयुर्वेदिक औषधिको प्रयोग गर्दा खानपिनलाई पनि ध्यान दिनुपर्ने हुन्छ । अम्लपित्त, मधुमेह, बालरोग, उच्चरक्तचाप र अन्य विभिन्न रोगलाई ध्यानमा नराखी औषधि मात्र सेवन गर्दा प्रभावकारी नहुने बताइएको छ । मौसमअनुसारको फलफूल, सागपात, तरकारी गेडागुडी र अन्नको सेवन गर्नुपर्छ । रासस

jackson ribon