birat ribon

विश्व सिमसार दिवस आज

Neuro
विश्व सिमसार दिवस आज

विराटनगर । विश्व सिमसार दिवस आज (मंगलबार) परेको छ । नेपालसहित विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ ।

Padelux insider
cura insider

‘सिमसार र पानी’ भन्ने यस वर्ष सिमसार दिवसको नारा हो । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिनलाई आधार मानेर हरेक वर्षको फेब्रुअरी २ मा यो दिवस मनाउने गरिन्छ ।

विश्वका एक सय ६९ मुलुकको उपस्थितिमा सिमसारको विश्वस्तरमै संरक्षण गर्न सन् १९७१ मा जलपक्षीको वासस्थानसम्बन्धी सिमसार (रामसार) महासन्धि भएको थियो । नेपाल भने औपचारिक रुपमा सन् १९७१ मा महासन्धिको सदस्य बनेको हो ।

विश्वसूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् । कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, शे फोक्सुन्डो ताल, माइपोखरी अनि पोखरा नगरीका नौ वटै तालहरु सिमसार क्षेत्रमा रहेका छन् ।

विभिन्न अध्ययनबाट ठूला–साना गरेर नेपालमा चार हजारभन्दा धेरै सिमसार क्षेत्रहरु रहेको पत्ता लागेको थियो । नेपालले पनि सिमसार क्षेत्रको महत्त्व आत्मसाथ गर्दै २०५९ सालमा जारी गरेको सिमसार संरक्षण नीतिलाई २०६९ सालमा परिमार्जन र स्वीकृति दिएको थियो । त्यसमा सिमसार र त्यसको वरपर स्रोत संरक्षण गर्न ‘सिमसार कोष’ स्थापना गर्ने नीति पनि अघि सारेको थियो ।

यस्तै राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार, नेपालको तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, चार सय ६१ प्रजातिका चराहरू जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीमा छन् । त्यस्तै सिमसारमा नौ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् ।

हरेक वर्ष दिवस मनाउने र जतचेतनामूलक कार्यक्रमहरु गरिए पनि प्राकृतिक सम्पदाका रुपमा रहेका सिमसार क्षेत्रलाई अतिक्रमणबाट जोगाउन भने सकिएको छैन । मानवीय विकास क्रम अनि पूर्वाधारहरुको अविवेकी विकास क्रमले नेपालमा सिमसारक्षेत्र मासिने र संरक्षणविहीन बन्दै जाने अवस्थामा पुगेका छन् ।

सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको ठाउँ हो । जुन ठाउँ ओसिलो र धापिलो हुन्छ ।

jackson ribon