birat ribon

मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

Neuro
मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

विराटनगर । झापाको गौरादह गाउँपालिका–४ मा सोमबारसाँझ दुईवटा मोटरसाइकल जुध्दा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

Padelux insider
cura insider

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १० प ११६७ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाइकल जुधेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ११६७ नम्बरको मोटरसाइकलका चालक गौरादह गाउँपालिका–५ का ३४ वर्षीय होमप्रसाद उप्रेतीको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा २२७२ नम्बरको मोटरसाइकलका चालक गौरादह गाउँपालिका–३ का २६ वर्षीय अजय राजवंशी र पछाडि सवार २२ वर्षीय नन्दकिशोर राजवंशी घाइते भएका छन् ।

घाइतेमध्ये अजयको अवस्था गम्भीर छ । उनले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त नगरिकन मोटरसाइकल चलाएको खुलेको छ । दुवै जना घाइतेको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।

jackson ribon